धार्मिक काण्डमा मुछिएकी आसियाले पाकिस्तान छोडिन्

0
Shares

इस्लामावाद,(एजेन्सी)
मुश्लिम समुदायको पवित्र धार्मिक् ग्रन्थ कुरानको अपमान गरेको अभियोगमा मृत्युदण्ड सुनाइएपछि वर्षौंदेखि कारागारमा थुनिएकी पाकिस्तानी इसाइ महिला आसिया विवीले देश छोडेको बुधवार सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । गत वर्ष पाकिस्तानको सर्वोच्च अदालतले उनलाई सुनाइएको संजायको निर्णय उल्टाएको थियो ।

उनी विरुद्ध सन् २०१० मा आफ्ना छिमेकीहरुसंग विवाद हुँदा पैगम्वर मोहमदलाई अपमान गरेको अभियोग लगाइएको थियो । आसियाले भने शुरु देखि न ैआफु निर्दोष रहेको अडान लिँदै आएकी थिइन् । अति संवेदनशिल उनको मुद्धालाई लिएर पाकिस्तानमा राजनीतक धु्रवीकरण नै भएके थियो ।

पाकिस्तानी सरकारी अधिकारीहरुले उनी गएको स्थान र देश छोडेको समय भने गोप्य नै राखेका छन् । तर उनका वकिल सइफ उल मालूकले उनी क्यानाडामा पुगिसकेको जानकारी दिएका छन् । यसअघि नै आसिफाकधा दुईजना छोरीलाई क्यानाडामा राजनीतिक शरण दिइसकेको बताइएको छ ।

आसिया विवी उर्फ आसिया नोरिनलाई पाकिस्तान छोडने वन्दोवस्त मिलाइँदा सम्म गोप्य स्थानमा राखिएको बुझिएको छ । गत वर्षको अक्टोवरमा सर्वोच्च अदालतले उनको मृतयुदण्ड उल्टाउने निर्णय दिएपछि त्यसको विरोधमा पाकिस्तानका कटुपन्थि मुश्लिम समुहले हिंसात्मक प्रदर्शन गरेको थियो ।

त्यसैगरी नरमपन्थी समुहले भने उनको कारगार मुक्तिका लागि आब्हान गरेको थियो । गत वर्ष पाकिस्तान सरकारले प्रमुख इस्लामिक धर्माधिकारी खादिम हुस्सेन रिज्भीलाई पक्राउ गरेको थियो । रिज्भीके तेहररिक ए लाव्वाइक ( टिएलपी ) पार्टीको नेतृत्वमा आसिया विवीको रिहाइ विरुद्ध विरोध प्रर्दशन भएको थियो ।त्यतिवेला दर्जनौं संख्यामा उनका समर्थक र टिएलपी नेताहरुलाई पनि गिरफतार गरिएको थियो ।

रिज्भीले यदि आफुलाई पक्राउ गरिएको खण्डमा राष्ट्र नै ठप्प गर्न आफ्ना समर्थकहरुलाई आव्हान गरेपछि तिनीहरु पक्राउमा परेका थिए । सन् २००९ को जुनमा फलफुल टिप्दै गर्दा एक वालिटन पानीको विषयलाई लिएर आसियाको आफ्ना छिमेकी महिलाहरुसंग विवाद परेको थियो ।

ति महिलाहरुले इसाइ आसियाले कपबाट सो वाल्टिनबाट पानी निकालेर खाएपछि धार्मिक आस्थाकै कारणले पानी अपवित्र भएके बताएपछि झगडा शुरु भएके थियो । ति महिलाहरुले आफुलाई धर्म बदलेर इस्लाम अपानउानु पर्ने बताएपछि उनले पैगम्वरकोबारेमा अपानजनक कुराहरु भनेका थिए ।

पछि उनलाई आफ्न ैघरमा मरणासन्न हुने गरी पिटिएपछि उनले आफुले मुशिल्म धर्मके अपमान गरेको स्विकारेकी थिइन् । त्यसपछि अनुसनधानको क्रममा प्रहरीले उनलाई गिरफतार गरेको थियो । आसियाको मुद्धालाई लिएर अन्तर्राष्ट्रिय मानव अधिकारवादी समुहहरुले निकै विरोध गर्नुका साथै पाकिस्तानको अन्तर्राष्ट्रिय छविमै दाग लागेको थियो ।