सपना जस्तै लागिरहेको छ: मेगान

0
Shares

लन्डन (एजेन्सी)
मेगान, डचेस अफ ससेक्स र उनका पति राजकुमार ह्यारीले आफना पहिलो सन्तानलाई विन्डसर क्यासल मार्फत विश्व सामु ल्याएका छन् । मेगानले पहिलो पटक आमा बन्ने क्रममा मातृत्वलाई ‘जादु‘का रुपमा ब्याख्या गरेकी छिन् ।

‘यो जादु हो । यो साँच्ची नै अदभुत हो ‘ ३४ बर्षिय ह्यारीले बोकेको उनीहरुको छारालाई हेर्दै ३७ बर्षिय मेगानले भनिन् – ‘ धर्तीमा अब मेरा दुई अत्यन्तै असल मान्छे भए, त्यसलै म साँच्ची नै खुसी छु ‘।

सोमबार स्थानिय समय विहान ५ बजेर २६ मिनेटमा उक्त शिशुलाई जन्म दिएकी मेगनले यस पुरै घटनालाइ सपना जस्तो लागेका बताइन् । शिशुको नाम पछि घोषणा गर्ने जनाइएको छ । ‘उसँग अत्यन्तै राम्रो स्वभाव देखिन्छ । उ साँच्चिकै शान्त देखिन्छ । ‘ मेगानले ह्यारीलाई लक्षित ठट्टा गर्दै भनिन्– मलाई आश्चर्य लाग्छ उ को पट्टी गएको होला ।


उ अहिले सपना जस्तै लागिरहेको छ, त्यसैले यो दुई दिन हाम्रा लागि विशेष बनेको छ ‘ मेगनले थपिन । उनी पछिल्लो पटक गत मार्चमा मात्रै आधिकारिक रुपमा सार्वजनिक देखिएकी थिइन् ।

विन्डसर क्यासलको तस्वीरमा क्रिम रंगको स्लिभलेस लगाएकी मेगनले ह्यारीको हातमा रहेका छोराको टाउकोलाई सुमसुम्याइरहेको देखिन्छ । ह्यारीले तस्विर खिच्ने क्रममा पत्रकारहरुको केही प्रश्नको जवाफ पनि दिएका थिए ।

गत बर्ष मे १९ मा सेन्ट जर्जस् च्यापेलमा ह्यारी र मेगनको विवाहपछि भोजको आयोजना भएको विन्डसर क्यासलको सेन्ट जर्जस् हल भित्रै तीन जनाको उक्त परिवारसँग अन्तरवार्ता लिइएको हो ।

बच्चा आमा वा बुबा को पट्टि गएको देखिन्छ भन्ने प्रश्नको जवाफमा मेगन र ह्यारीले उनीहरु त्यो पत्ता लगाउने प्रयासमा रहेको बताएका थिए ।