फेडेरर ३ वर्षपछि क्लेकोर्टमा

0
Shares

मेड्रिड, (एजेन्सी)
रोजर फेडेररले ३ वर्षपछि क्ले कोर्टमा शानदार तरिकाले कमब्याक गरेका छन् । मेड्रिडमा जारी मेड्रिड ओपनमा फेडेररले आफ्नो पहिलो खेल मात्र ५२ मिनेटमा जितेका थिए । उनले फ्रान्सका खेलाडी रिचार्ड गेसक्वेटलाई ६–२, ६–३ ले हराएका थिए ।

२० ग्रान्डस्लाम विजेता स्विस खेलाडीले ३ वर्ष अघि मेड्रिड ओपनमा डोमिनिक थिमसँग हारको सामना गरेका थिए । जबकी उनले सो प्रतियो २००६, २००९, २०१२ मा गरी तीन पटक जितिसकेका छन् । फेडेरर र गेसक्वेटबीच २१ खेल भएकोमा फेडेररले १८ खेल जितेका छन् ।