मुम्बई फाइनलमा, चेन्नाईलाई अर्को मौका

0
Shares

नयाँ दिल्ली, (एजेन्सी)
मुम्बई इन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिगको १२औं संस्करणको फाइनलमा पुगेको छ ।

मंगलबार भएको पहिलो क्वालिफायर खेलमा मुम्बईले चेन्नाई सुपर किंग्सलाई उसैको मैदानमा ६ विकेटले हराएको हो । यो जितसँगै मुम्बईले फाइनलको यात्रा ग¥यो भने चेन्नाईले अर्को मौका खेल खेल्नु परेको छ । चेन्नाईले केवल १ सय ३२ रनको लक्ष्य दिएको थियो । जुन लक्ष्य मुम्बईले आरामका साथ ४ विकेटको क्षेतिमा प्राप्त गरेको थियो । विजेता टोलीका सुर्य कुमार यादव ७१ रनमा नटआउट रहेका थिए । त्यस्तै इशान किशनले २८ रन जोडेका थिए ।

मुम्बईलाई फाइनल पु¥याएका सुर्यले कप्तान रोहित शर्माको विकेट पतनपछि क्रिज सम्हालेका थिए । रोहित ४ रन बनाएर दीपक चाहरको सिकार भएका थिए । यसपछि अर्का ओपनर क्विन्टन डी ककपनि २१ रनको योगफलमा आउट भए । हरभजन सिंहको बलमा आउट हुन अगाडि उनले ८ रन बनाएका थिए । यसपछि सुर्यले हरभजन, इमरान ताहिर र रविन्द्र जडेजा जस्ता स्पिनरको सामना गर्दै टोलीको जित पक्का गरे ।

सुर्य र इशानले तेस्रो विकेटका लागि ८० रनको महत्वपूर्ण साझेदारी गरे । इशानलाई ताहिरले आउट गरेका थिए । यतिबेलासम्म मुम्बई जितको निकट पुगिसकेको थियो । टोली जितबाट ३२ रनबाट टाढा थियो । कृणाल पाण्ड्या पनि ताहिरकै बलमा आउट भएपछि टोली चार विकेट गुमाएर १ सय १ रनको स्थितिमा थियो । तर हार्दिक पाण्ड्याले सूर्यलाई साथ दिएका थिए । उनी १३ रनमा नटआउट रहेका थिए ।