मेक्सिको जेट दुर्घटनामा १३ जनाको मृत्यु

0
Shares

एजेन्सी । मेक्सिकोका अधिकारीहरुले देशको उत्तरी क्षेत्रमा गतसाता भएको जेट दुर्घटनामा मृत्यु हुनेको संख्या १३ रहेको बताइएको छ ।

अमेरिकाको लास भेगासबाट आइतबार मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको निजी विमान मेक्सिकोको विकट पहाडी इलाकामा खसेको थियो । नागरिक उड्डयन अधिकारीहरुले बमबार्डियर च्यालेन्जर ६०१ जेट गएको आइतबार सम्पर्क विहीन भएको थियो । उनीहरुले मौसम खराब भएका कारण विमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरेका छन् ।

विधिचिकित्सकहरुले विमानमा रहेका सबैको शव पहिचान गरेको मेक्सिकोका एक सरकारी वकील गेरार्डो मार्केजले बताए । उनले ज्यान गुमाएका व्यक्तिमध्ये सात जनाकोे शरीर सग्लो स्वरुपमा भएप नि जलेको अवस्था रहेको तथा अन्य छ जनाको शरीर टुक्राटुक्रा भएको जानकारी दिए ।