सिरान्चोकको आरुबोटमा होमस्टे

0
Shares

नेपाल समाचारपत्र, गोरखा
सिरानचोक गाउँपालिका–७ आरुबोटमा व्यवासयिक रुपमा होमस्टे संचालन भएको छ । गण्डकी प्रदेशका उधोग पर्यटन वन तथा वातारण मन्त्री विकास लम्सालले शनिबार एक कार्यक्रमका बीच क्होला आरुबोट सामुदायिक होमस्टे उद्घाटन् गरेका हुन् । सिरानचोक गाउँपालिकामै पहिलो पटक ३१ घरबाट होमस्टेको सुरुवात गरिएको होमस्टे संचालक समितिकी अध्यक्ष धन माया गुरुङले बताइन् ।

होमस्टेमा आउने पाहुनालाई स्थानीय स्तरमै उत्पादन गरिएको परिकार खुवाइने उनले जानकारी दिइन् । ‘हाम्रोमा बाहिरबाट ल्याएको परिकार हुदैन,’ उनले भनिन्, ‘स्थानीय स्तरमै उत्पादन गरिएको अर्गा्निक खानाको परिकार खुवाउछौ ।’ कोदो र फापरको ढिडो, लोकल कुखुराको मासु, सिस्नो, भटमास र टिमुर होमस्टेको लोकल परिकार रहेको उनले बताइन् । क्होला आरुबोट सामुदायिक होमस्टेमा पुग्ने बाह्य तथा आन्तरिक पर्यटकहरुले इलम पोखरी, धौधौ पहाड, क्षण गुफा, गिद्ध पहरा, ऐतिहासिक सिरानचोकको कोटकाली दरबारको अवलोकन गर्न सक्ने बताइएको छ ।

होमस्टेबाट गणेश हिमाल, बौद्ध हिमाल, मनास्लु हिमालको समेत अवलोकन गर्न सकिने छ । होमस्टेमा आउने पाउनुको स्वागत सँगै विभिन्न कार्यक्रम आयोजना गर्न स्थानीयकै पहल र श्रमदानमा एउटा समाज घर निर्माण गरिएको श्रीनाथ इलिम समाज सेवा क्लवका सचिव इश्वर गुरुङले जानकारी दिए ।

आरुबोट होमस्टेमा गुरुङको जातीको बाहुल्यता रहेको छ । पर्यटन प्रवद्र्धनका लागी प्रदेशले ११ जिल्लामा होमस्टे प्रवद्र्धन गर्न ३० करोड विनियोजन गरेको छ । क्होला आरुबोट होमस्टेबाट श्रीनाथकोट सम्मको पैदल मार्ग र होमस्टेको प्रवेशद्धार निर्माणका लागि प्रदेशबाट आवश्यक बजेट छुटाइने मन्त्री लम्सालले प्रतिबद्धता व्यक्त गरेका छन् ।