आपत्कालीन अवतरणका क्रममा ४१ को मृत्यु

0
Shares

एकचालिस जना मारिए
मस्को,(एजेन्सी)
रसियाको राजधानी स्थित मस्को विमानस्थलमा आपतकालिन अवतरण गराइनु अघि जेट विमानमा चट्याँग परेको सो विमानमा सवार यात्रु तथा चालक दलका सदस्यहरुले बताएकाछन् । आइतवार सेरेमेत्येभो विमानस्थलमा अवतरण लगत्तै एरोफ्लोट जेट विमानमा आइतवार आगलागि भएको थियो ।

यस दुर्घटनामा विमानमा रहेका कूल ७८ जना व्यक्ति मध्ये ४१ जनाको ज्यान गएको छ । यस दुर्घटनाको कारण पक्त लगाउन अनुसन्धानरत व्यक्तिहरुले जिवित यात्रुहरुले दिएको चट्याँग सम्बन्धी दावीबारे भने केहि पनि प्रतिक्रिया दिएका छैनन् । आधुनिक विमानहरु चट्यांगलाई थाम्न सक्ने गरी बनाइएका हुन्छन् ।

रसियाको राष्ट्रिय ध्वजाबाहक एयरलायन्स एरोफ्लोटले प्राविधिक कारणले सो विमान विमानस्थल तर्फ फर्केको जनाएको छ । तर यात्रुहरुले भने रुसको उत्तरी शहर मुर्मान्स्क तर्फ उडिरहेको सो विमानमा उडेको केहि समयपछि नै चट्याँग परेको बताएका छन् ।

यसैबिच चालक दलका करिव पााचजना सदस्यले पनि संभवत चट्याँग परेकै कारण एयर ट्राफिक कन्ट्रोलसंग संचार सम्पर्क हुन नसकेको दावी गरेका छन् । विमानस्थलको सिसिरिभी फुटेजमा विमान निकै बेस्सरी बजारिँदै अवतरण भएको लगत्तै त्यसमा आगलागि भएको देखिन्छ ।

मारिनेमा एकजना फलाइट एटेनडेन्ट र अन्य दुइजना बालबालिका पनि रहेका छन् । मुर्मान्स्कका निमित्त गवर्नर एन्द«ेइ चिविसले आफ्नो फेसबुक मार्फत मारिने मध्ये २६ जना आफ्नै क्षेत्रका रहेको जानकारी दिएका छन् ।

फ्लाइट डाटा र ककपिटको चालदलबिचको वार्तालापको रिकर्ड रेका ब्ल्याक बक्सहरु घटनास्थलबाट खोजेर अनुसन्धानकर्ताहरुलाई दिइएको स्थानिय संचार माध्यमले जनाएका छन् । ज्यान जोगाउन सफल यात्रु दिमित्री ख्लेबुस्किनले स्टेवार्डेसहरुको सहयोगले मात्र अत्यन्त तातो , अँध्यारो र निस्सासिनेगरी धुवाँले भरिएको स्थानबाट निस्कन सकेको भन्दै तिनीहरुलाई धन्वाद दिएका छन् ।

त्यस्तै अर्का जिवित यात्रु मिखाइल साभाचेन्कोले एरोफ्लोट जेट विमानको अग्रभागमा आगो लागिरहँदा आफुले इमर्जेन्सी एक्जिट स्लाइडसमा हाम फालेर ज्यान जोगाएको पत्रकारहरुलाई बताएका छन् ।

स्टेवार्डेस तात्यान्या कासात्किनाले बलेको विमान गुडिरहेको अवस्थामा अत्तालिएका यात्रुहरु सिटबाट उठेर बाहिर निस्कने ढोकातिर दौडेको तथा कोहि चिच्याउँदै रुन्दै आफनतहरुलाई फोन गरिरहेको रुसी न्युज साइट लेनटालाई बताएकीछिन् ।