सुर्य लाइफ इन्स्योरेन्स कम्पनीद्धारा बिरामीलाई फलफूल


कालीवहादुर मल्ल, कालिकोट ।

सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जिल्ला अस्पताल कालिकोटका बिरामीलाई फलफूल वितरण गरेको छ ।

सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लि.ले आफ्नो १२ औं बार्षिकोउत्सवका अवसरमा बिरामीलाई फलफूल वितरण गरेको हो ।
सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लि.ले देशभरका ८८ वटा शाखा भएको र नेपालको तेस्रो ठुलो बीमा कम्पनी रहेको कालिकोट शाखाका प्रबन्धक जनकबहादुर शाहीले बताए ।

‘बीमा कम्पनीले तपाईको भविष्य हाम्रो अभिभारा भन्ने नाराका साथ देशभर बीमा गर्दै आएको छ ।’ उनले भने,‘यो बीमा कम्पनीले सबैको बीमा गर्ने सोचेको छ ।’

बिरामीलाई फलफूल वितरण जिल्ला अस्पताल विकास समिति अध्यक्ष सरोज बोगटीले बिरामीलाई फलफूल वितरण गरेका थिए ।