नाँगीको एकीकृत पर्यटन विकासमा सहकार्य गर्ने सहमति

0
Shares

सलिम अन्सारी, प्युठान
प्युठान र बागलुङ जिल्लाका दुई सीमावर्ती गाउ“पालिका मिलेर पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्ने भएका छन् । गौमुखी गाउ“पालिकाका अध्यक्ष विष्णु कुमार गिरी र निशीखोला गाउ“पालिका अध्यक्ष तारानाथ पौडेलले जैविक विविधताले भरिएको नांगी क्षेत्रको एकीकृत विकासमा स“ंगै मिलेर जाने सहमति गरेका हुन् ।

‘नांगी क्षेत्रको मिलेर विकास गर्ने सहमति भएको छ।’ गौमुखी गाउ“पालिकाका अध्यक्ष गिरीले भन्नुभयो–‘पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजनामा छौं ।’ अर्खाको नांगीमा भएको संयुक्त भेलाले यसक्षेत्रको पर्यटन गतिविधीलाई अघि बढाउन दुइवटै गाउ“पालिकाका अध्यक्ष संरक्षक रहने गरी सात सदस्यीय नांगी क्षेत्र पर्यटन विकास समन्वय समिति गठन गरेको छ ।

त्यस क्षेत्रमा पर्यटक भित्र्याउने गरी आवश्यकीय पूर्वाधारको निर्माणमा काम गर्ने सहमति भएको हो । त्यसका लागि आगामी आर्थिक वर्षबाट दुवै गाउ“पालिकाले नियमित रुपमा बजेट विनियोजन समेत गर्ने भएका छन्। बाग्लुङको निशिखोला गाउ“पालिका अध्यक्ष पौडेलले नांगीको विकासका लागि दुवै तर्फबाट भएको यो प्रयासलाई सार्थकता दिने बताउनुभयो । ‘हामी पहिलोपटक यसरी एक ठाउ“मा आएका छांै।’

एहा“ले भन्नुभयो–‘हाम्रो सहकार्य शुरु भयो ।’ पर्यटन क्षेत्रको विविधीकरण, विस्तार र बजारीकरणस“ंगै नागरिकको जीवनस्तर फेर्न यो सहमति कोसेढुंगा सावित हुने नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष महावीर रानाले बताउनुभयो। यो समयमा गुरा“स फुलेर नांगी राताम्ये हुने गरेको छ ।

बागलुङको ढोरपाटन सिकार आरक्षसं“ग जोडिएको यो क्षेत्र समुन्द्री सतहदेखि ३ हजार ६५२ मिटरको उचाईमा छ। प्युठान जिल्ला सदरमुकामवाट ४० किमी टाढाको अर्खा, रजवारा हु“दै ६ घण्टा पैदल हि“डेर नांगीलेक पुग्न सकिन्छ।बागलुङको बोहोरागाउ“बाट ३ घण्टा उकालो हि“डेर छापखानी हु“दै पनि नांगी पुग्न सकिन्छ।

रजबाराको रानीताल–झाक्रीढुंगा हु“दै स्याउँलीबाङ पुग्ने सडकलाई तिखाचुली ह“ुदै गोयल्छेडीसम्म र बाग्लुङतर्फबाट यांगविङ हु“दै गोयल्छेडीसम्म मोटर बाटो निर्माण गरी त्यहा“बाट व्यवस्थित पदमार्ग निर्माण भए नांगी क्षेत्रमा पर्यटक बढ्नेमा स्थानीय आशावादी छन् । नांगी क्षेत्रको पर्यटकीय र जैविक महत्वबोकेका स्थान र सम्पदाको प्रवद्र्धनमा ढिला गर्न नहुने अर्खाका प्रदीप तामाङले बताउनुभयो ।

ना“गी लेक हिमश्रृखंला, पहाडी भूगोल, गुरा“सको जंगल, भेडागोठ, झरना, वनस्पती, दुर्लभ वन्यजन्तु पशुपन्छीलगायतको अवलोकनका लागि आकर्षक स्थल हो ।गौमुखी संरक्षित वन क्षेत्रअन्तर्गतपर्ने यो भेगमा ७ प्रजातीका लालीगुरा“स र लोपन्मुख जडिबुटीसमेत पाइन्छन् ।