शौचालयमा सुनको कमोड

0
Shares

लन्डन (एजेन्सी)
बेलायतको एक दरबारको शौचालमा सुनको कमोड राख्ने भएको छ । बेलायतका पुर्व प्रधानमन्त्री विस्टन चर्चिल जन्मेको कक्ष नजिकको शौचालयमा उक्त कमोड राखिने बताइएको छ ।

द गार्जियनको समाचारमा उक्त कमोथ एक कलाकृति भएको र त्यसलाई मौरिजो क्याटिलेनले बनाएको उल्लेख गरेको छ । यो १८ क्यारेट सुनको कलाकृति हो । यसलाई अक्सफोर्डसायरको ब्लेनहिम महलमा राखिनेछ । यस कमोथको चर्चा त्यतिबेला आयो जब गुगेनहिम संग्रहालयले यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिने प्रस्ताव गरेको थियो ।

वास्तवमा राष्ट्रपति ट्रम्पले भ्यान गगको पेटिंग मागेका थिए तर संग्रहालयले त्यसको सट्टा उनलाई सुनको कमोथ दिने प्रस्ताव अगाडी सारेको थियो ।
समाचार अनुसार उक्त शौचालय सर्वसाधारणले पनि प्रयोग गर्न पाउने गरी खोलिने छ ।

यो मार्लबोरो परिवारका लागि पनि नयाँ हुनेछ , जसले विगत ३ सय बर्ष भन्दा लामो समयदेखि ब्लेनहिम महलमा विलासी जीवन विताउँदै आइरहेका छन् । ड्युक अफ मार्लबोरोका सौतेलो भाइ र ब्लेन हिम आर्ट फाउन्डेसनका संस्थापक एडवर्ड स्पेन्सर चर्चिलले भने– आलिशान घरमा जन्मेको भएपनि मसँग कहिल्यै सुनको ट्वाइलेट भएन । म पनि यसको पर्खाइमा छु । यसको प्रयोग गर्न पाउने छु ।

कमोठ राखेको ठाउँको सुरक्षा हुने बताउँदै अहिलेसम्म बुकिंगको ब्यवस्था हुने वा नहुने भन्ने तय नभएको र कति समयसम्म कुनै ब्यक्ती त्यहाँ बस्न पाउने छ भन्ने निर्णय नभएको उनले बताए ।

सन् २०१६ मा जब न्युयोर्कमा यसतै एक ट्वाइलेट राख्दा मानिसहरु आफनो पालोका लागि २ घण्टासम्म लाइनमा कुरेर बसेका थिए । सफाई गर्ने कर्मचारीले प्रत्यक १५ मिनेटमा सफा गरिरहेका थिए । करिब १ लाख ब्यक्ती उक्त ट्वाइलेट हेर्न पुगेका थिए र सेल्फी खिच्दै ट्विटरमा सेयर गरेका थिए ।