हुम्लाको ताँजकोटमा फैलिएको अज्ञात रोग नभई मौसमी रुघाखोकी


अर्जुन बोहरा, हुम्ला ।
हुम्लाको ताँजकोट गाउँपालिाकामा केही दिन यता फैलिएको अज्ञात रोग नभई मौसमी रुघाखोकी भएको पुष्टी गरेको छ । मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी बढेको हुनसक्ने रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर विवेक कुमार लालले जानकारी दिएका छन् ।

रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर लालका अनुसार ताँजकोट गाउँपालिकाका १, ३ र ४ मा फैलिएको उक्त विरामबाट ग्रसित सय बढि मानिसको गाउँमै स्वास्थ्यकर्मी पुगेर उपचार गराउको बताउनुभयो । रुघाखोकी पूर्ण रुपमा नियन्त्रणमा नआउदाँसम्म गाउँमा स्वाथ्यकर्मीहरु खटाएका छन् । तीन सातासम्म फैलिएको हुम्ला जिल्लाको अज्ञात रोग भनिएको मौसमी रुघाखोकी भएको पत्ता लागेको छ । रोग प्रभाबित क्षेत्र ताँजाकोटबाट काठमाडौ पठाईएका नमूनाहरुको परिक्षण गर्दामौसमी रुघाखोकी भएको पत्ता लागेको हो ।

काठमाडौंमा प्राप्त भएका पाँच वटा नमूना मध्य एउटामा मौसमी रुघाखोकी भेटिएको र अरु चारवटामा पनि त्यसैको कारण बिरामी भएको पाईएको रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर लालले बताउनु भयो । यसबाट हुम्लामा देखिएको रोग मौसमी रुघाखोकी भएको पुष्टी भएको उहाँले बताउनु भयो ।

चैत्र अन्तिम साताबाट फैलिएको उक्त रोगका कारण १० जनाको ज्यान गएको थियो । भने ७ सय ४६ जना उपचार गरिएका मध्ये २ सय ३९ जनामा प्रत्यक्ष यो रोग भेटिएको कर्णाली प्रदेश रोग नियन्त्रण महाशाखाका सम्पर्क ब्यक्ती केशब आचार्यले बताउनु भयो । त्यो संगै चार जनाको सुर्खेत उद्धार गरिएको थियो ।

अज्ञात रोग फैलिए पछि गृह मन्त्रालयको समन्वयमा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट विशेषज्ञ डाक्टर केएन पौडेल, डाक्टर टेकराज भट्राई, डाक्टर केशब अधिकारी र मुगुबाट डाक्टरमनोज तिमिल्सना सहित स्वास्थ्यकर्मीको टोली रोग प्रभाबित क्षेत्रमा आएर उपचार गरेको थियो । चिकीत्सकहरुले ताँजाकोटका घरघरमा गएर स्वास्थ्य शिक्षा पनि प्रदान गर्नु भएको थियो ।

स्वास्थयको प्रतिवेदनमा हुम्लााका अधिकांस मानिस ४५ वर्ष माथिको उमेर समुहका मानिस दीर्घरोगी हुने तथ्यांक रहेको छ ।
हुम्लामा विषेश गरी रुघाखोकी, झाडापखाला, र भाइरल ज्वरो नै महामरीका रुपमा फैलिने गरेको छ । बैशाखको तेस्रो साता वितिसक्दा सम्म पनि बजेट अधिकांस बजेट कार्यान्वयनमा छैन आधारभुत स्वास्थय सेवा सुदृढ गरी गुणस्तर वनाउन नमुना स्वास्थ्य केन्द्र स्थापना , स्वास्थ्यचौकी प्रयोगसाला, प्राथमिक स्वास्थ्य केन्द्रको सेवा विस्तार, जनशक्ती ब्यबस्थापन सिओसी तालिम लगायतका दर्जनौ कार्यक्रम छन् ।