के-ल्याबको वार्षिकोत्सवमा सेवाग्राहीको सम्मान

0
Shares

 

नेपाल समाचारपत्र, काठमाडौं
टंगाल, भाटभटेनीमा अवस्थित अन्र्तराष्ट्रियस्तरको क्राउन ल्याबरोटेरी एण्ड रिफरल सेन्टर (के—ल्याब) आठौं वर्षमा प्रवेश गरेको अवसरमा सेवाग्राही भेला, सम्मान कार्यक्रम आयोजना गरिएकोे छ ।

स्थापनाकालदेखि निरन्तर ३० भन्दा बढी पटक के—ल्याबमा प्रयोगशाला सेवा लिदै आएका नभराज घिमीरे, डा.अरुणकुमार गुप्ता, प्रा.रेहना पाण्डेर्, समाजसेवी हरिभक्त बुढाथोकी लगायतका सेवाग्राहीलाई ल्याबको संरक्षकको रुपमा सम्मान गरिएको थियो ।

नेपालमै अन्तर्राष्ट्रिय स्तरको सुबिधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउन सकिन्छ भन्ने धारणाले स्थापना गरिएको के—ल्याबले निरन्तर रुपमा गुणस्तरीय सेवा दिदै आईरहेको के—ल्याबकी प्रशासन निर्देशक कान्ति थापा गुरुंगले बताइन ।

नसर्ने रोग बिरुद्धमा स्थापनाकाल देखि निरन्तर रुपमा बिभिन्न कार्यक्रम मार्फत समुदायमा सचेतना फैलाई रहेको ल्याबले “के—ल्याब फर कम्युनिटी” कार्यक्रम मार्फत स्वास्थ्य शिविर, निःशुल्क स्वास्थ्य परिक्षणहरूमा जस्तै थायराइड, भिटामिन डी, लिबर फङ्सन, किड्नी फङ्सन, लिपिड प्रोफाईल, बाथरोग परिक्षण, क्यान्सर मार्कर टेष्ट लगायतका अत्यन्तै महंगा तर अत्यावस्यक परिक्षणमा अधिकतम छुट कार्यक्रम संचालन गरी आफुलाई समुदायमा आधारीत ल्याबको रुपमा प्रस्तुत समेत गरिरहेको ल्यावकी निर्देशक ज्योति आचार्यले बताइन ।

कार्यक्रममा उपस्थित सहभागी मध्ये केही लब्ध प्रतिष्ठित ब्यतित्वले के—ल्याबमा आजसम्म सेवा लिँदाको अनुभव सुनाउनुभएको थियो सो क्रममा रसायन शास्त्रकी प्राध्यापक रेहना पाण्डेले ल्याबले उत्कृष्ट र गुणस्तरिय सेवा दिदै आएको र ल्याबमा कार्यरत कर्मचारीको असल र सहयोगी व्यवहार, उत्कृष्ट, सहज र छिटो सेवाको कारण आफु लगायत अरु ग्राहकहरु नियमित आउने गरेको बताइन ।

समाजसेवी हरिभक्त बुढाथोकीले उत्कृष्ट र गुणस्तरीय सेवासंगै आफना सेवाग्राहीलाई सम्मान दिने कार्यको शुरुवात के—ल्याबले गरेको उल्लेख गर्दै सेवाग्राहीले पनि के—ल्याबलाई उतिनै माया, सहयोग, हौसला दिनुपर्ने बताए ।

सञ्चारकर्र्मी अशेष शर्माले के—ल्याबले समाजमा एउटा विशिष्ट छाप छोड्न सफल भएको साथै ब्यवस्थित कार्य कक्ष, सरसफाई, पुर्ण संचालित उपकरण र अन्य संसाधन जस्ता महत्वपुर्ण कुरालाई सधै चुस्त दुरुस्त राखेर सेवा प्रवाह गरेको बताए ।

घरमै गई रगत संकलन गर्ने सुबिधाले वृद्द, असक्त र अन्य कारणले ल्याब सम्म आउन नसक्नेलाई ठुलो सहयोग पुगेको बताउदै उक्त सेवाको शर्माले प्रशंसा पनि गरे ।

कार्यक्रमा के ल्याबका प्रशासन निर्देशक कान्ति गुरुंग थापा तथा ल्याब निर्देशक ज्योति आचार्य र ल्याबको क्वालिटी विज्ञ सुशील थापाले ल्याबमा स्थापनाकालदेखि निरन्तर आबद्ध रहि उत्कृष्ट काम गर्ने ल्याबकर्मी दिपक जोशी र अञ्जु फुयाँललाई सम्मान गरेका थिए । वरिष्ठ बाथरोग बिशेषज्ञ डा.अरुण कुमार गुप्तालाई समेत उनले बाथरोगको क्षेत्रमा पुर्याएकोे अतुलनिय योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा डा.गुप्ताले बाथरोगको पहिचान, प्रकार, समधानका उपाय, उपचार बिधि लगायतको बिषयमा जानकारीमुलक र महत्वपुर्ण प्रस्तुति दिएका थिए । कार्यक्रममा के—ल्याबकी ल्याब निर्देशक ज्योति आचार्यले स्वागत मन्तव्य दिएकी थिइन ।

कार्यक्रमको अन्त्यमा आमन्त्रित सम्पुर्ण अतिथिहरुलाई स­धन्यवाद मायाको चिनो प्रदान गरिएको थियो ।
५० वर्ष पार गरेका पुरूषले जाच्नै पर्ने प्रोष्थेट ग्रन्थीको ट्युमर सम्बन्धी जाँचमा मे महिनाभरी ५० प्रतिशत छुट सुरू गरिएको घोषणा समेत गरियो ।