रुकुममा जिप दुर्घटना १ को मृत्यु ५ घाइते

0
Shares

धनवीर दाहाल,रुकुम
रुकुम पश्चिमको मुसिकोटबाट रुकुम पुर्वको सिस्नेरी तर्फ गइरहेको यात्रुबाहक जिप दुर्घटना हुँदा एक ९ महिनाकी बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिस्ने गाँउपालिका ८ की ९ महिनाकी बालिका निर्जला रावल रहेकी छन् ।


लु १ ज १७८१ नम्बरको जिप बेलुका साढे ५ बजेतिर रुकुम पुर्वको सिस्ने गाँउपालिका वडा नं ८ धपे नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी जिप चालक राजन बोहरा सहित ५ जना घाइते भएका छन् । अन्य घाइते हुनेहरुमा मोहन चन्द, रमिता रावल, ज्ञानी रेउले र इश्र्वरी गौतम, रहेका छन् । घाइतेलाई थप उपचारका लागी जिल्ला अस्पताल रुकुम पश्चिम ल्याइएको छ ।

जिप सडकबाट करिव ३०० मिटर तल खसेको प्रहरीले बताएको छ । ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।