कोन्ज्योसोमको शंखुमा श्री भैरव गणको विविध सेवा

14
Shares

नेपाल समाचारपत्र, ललितपुर । ललितपुर स्थित गोदावरी नगरपालिका– ६ को देविडांडा व्यारेकमा तैनाथ श्री भैरब गणले कोन्ज्योसोम गाउँपालिकाको शंखुमा विविध सेवा दिएको छ ।

गणको आयोजनामा शुक्रबार ‘हाम्रो फूलबारी कार्यक्रम’ अन्तर्गत ललितपुरको दक्षिण खण्डमा पर्ने कोन्ज्योसोम गाउँपालिका–२ शंखुमा विविध सेवा दिएको हो । गणका गणपति रणबहादुर खड्काले श्वास्थ्य तथा कृषि सम्बन्धि बृहत सेवा दिईएको बताउनुभयो । स्वस्थ्य शिविर कार्याक्रममा बालरोग, स्त्रीरोग, मुटु, छाला, दंत तथा विविध स्वास्थ्य परिक्षण गरिएको छ । जसमा भिडियो एक्स रे, सुगर परिक्षणको सेवा समेत दिईएको थियो । त्यस्तै गणले कृषि सम्बन्धि परामर्श सेवा, भेटेरिनरी सेवा, गोवर परिक्षण लगायतका सेवा सञ्चालन गरेको थियो । गणले नेपाली सेना सम्बन्धी वृत्त चित्र समेत प्रदर्शनी गरेको थियो ।

भने विभिन्न विषयमा जनचेतना मुलक कार्याक्रमको समेत आयोजना गरेको थियो । उक्त बृहत कार्यक्रममा कोन्ज्योसोम गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, ललितपुर, जिल्ला जन स्वास्थ्य कार्यालय, जिल्ला भेटेरीनरी अस्पताल, जिल्ला कृषि ज्ञान केन्द्र, आनन्दवन अस्पताल, मगर गाउँ मावि, नेपाल मेडिसिटी लगायतले सहयोग रहेको गणले जनाएको छ ।