गाउँमै सय वढिको उपचार, मौसमी रुघाखोकी भएको


दयाराम पण्डित, बाजुरा ।
बाजुराको हिमाली गाउँपालिका क्युडीमा केही दिन यता फैलिएको अज्ञात रोग नभई मौसमी रुघाखोकी भएको पुष्टी भएकोछ । मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी बढेको हुनसक्ने स्वास्थ्य प्रमुख अशोक सिंहले जानकारी दिनुभएको छ ।

स्वास्थय प्रमुख सिंहका अनुसार ः हिमली गाउँपालिकाको क्युडीमा फैलिएको उक्त विराम वाट ग्रसित सय बढि मानिसको गाउँमै स्वास्थ्यकर्मी पुगरे उपचार गरेका हुन् ।

रुघाखोकी पूर्ण रुपमा नियन्त्रणमा नआउदा सम्म एक जना अहेव र एकजना अनमी गाउँमै राखेको उहांले वताउनुभएको छ । केही दिन यता अज्ञात रोगवाट दुइजना मलिको मृत्यु भएको समाचार आएपछि स्वास्थ्यकर्मी फिल्डम गएर उपचार गरेको हो । क्युडीमा एकजना बृद्धको पिसाव रोकिएकोले उनको अबस्था गम्भीर रहेको बताउनुभएको छ ।

उक्त रोगका वारे जानकारी गराउन कार्यालय प्रमुख सिंहले शुक्रवार विहान पत्रकारसंग अन्तरक्रिया कार्यक्रम गर्नुभएको थियो ।

स्वास्थयको प्रतिवेदनमा बाजुरामा अधिकांस मानिस धुमपान गर्ने देखिएकोले ४५ वर्ष माथिको उमेर समुहका मानिस दीर्घरोगी हुने तथ्यांक छ । तिनीहरुलाई स्वास फर्न गाह्रो हुन्छ, गाउँमा भेन्टीलेटर छैनन् । अस्पतालमा सहज पहुंच हुदैन कतिपय विरामी घरमै रोग पालेर वसेका हुन्छन् प्रमुख सिंहले भन्नु भएको छ ।

बाजुरामा विषेश गरी रुघाखोकी, झाडापखाला, र भाइरल ज्वरो नै महामरीका रुपमा फैलिने गरेको छ । महामारी नियन्त्ररण गर्न ५०० देखि एक हजार विरामीका लागि बाजुराका नौवटै स्थानीय तहमा बफर स्टोर रखिने बताइएको छ ।
जिल्ला अस्पताल र स्वास्थ्यकार्यालय आलग अलग हुंदा कार्यान्वयनमा केही अन्यौलता आएको थियो । चैत्र ५ गते वाट कार्यालय छुटिए पछि कर्मचारी ब्यबस्थापन पनि सामान्य बन्दै गएको छ । ढिलोगरी आएको वजेट अषाढ सम्म कसरी सक्ने चिन्ता बढेको छ कर्मचारी बताउछन् ।

बैशाखको तेस्रो साता वितिसक्दा सम्म पनि बजेट अधिकांस बजेट कार्यान्वयनमा छैन , सामुदायिक स्वास्थ्य केन्द्र भवन ,शहरी स्वास्थ्य केन्द्र भवन , प्रसुती सेवा केन्द्र , निर्माणका लागि बजेट छ ११ मा आठ ओटाको अझै सम्झौता भएको छैन। कुन भवन कहां निर्माण गर्ने अन्योल छ ।

आधारभुत स्वास्थय सेवा सुदृढ गरी गुणस्तर वनाउन नमुना स्वास्थ्य केन्द्र स्थापना , स्वास्थ्यचौकी प्रयोगसाला, प्राथमिक स्वास्थ्य केन्द्रको सेवा विस्तार, जनशक्ती ब्यबस्थापन सिओसी तालिम लगायतका दर्जनौ कार्यक्रम छन् । तर बैशाखको अन्तिममा आएको वजेट कार्यक्रम कार्यान्वयनको गुणस्तरियता हेर्न अषाढ पर्खिनु पर्छ । समाप्त