अब वीरगन्जमा निःशुल्क वाइफाइ सेवा


कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्ज महानगरमा शुक्रबारबाट निःशुल्क वाइफाइ सेवा संचालनमा आएको छ ।

ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, आदर्श नगर र वल्र्ड लिंक कम्यूनिकेशन प्रा लिको संयुक्त सहयोगमा वीरगन्जको मुख्य रोड लोहार पट्टी चोक देखि आदर्श नगरको भाजुरत्न चोक सम्म निशुल्क वाई फाई सेवा सञ्चालनमा ल्याइएको हो ।

“हामी यस वाई फाइको जडान सामाजिक दायित्वअन्तर्गत यहाँका स्थानीयहरु लगायत नेपाल भरी बाट यस क्षेत्रमा किनमेल,भ्रमण र अन्य विविध कार्य हेतु पाल्नु हुने बटुवाहरुको सहजताका लागि गरेका छौं र आगामी दिनमा यसलाई विस्तार गर्दै लैजाने पनि योजना रहेको छ।“ वल्ड लिंक कम्यूनिकेशन प्रा लि वीरगन्ज शाखाका प्रमुख अरफात आलमले बताउनुभयो ।

उहाँले वाई फाईं सर्वसाधारणको सुविधाको लागि जडान गरिएको र ट्रेकिङमा आधारित रहेको हुनाले नराम्रो प्रयोजनका लागि दुरूपयोग गर्नेहरुलाई सजग रहन पनि सलाह दिनुभयो । ग्रीन सिटी र वर्ल्ड लिंक लाई धन्यवाद ज्ञापन गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक मन बहादुर राईले यस निशुल्क वाई फाइको जडानले सर्व साधारणलाई सहज हुने उहाँको विश्वास रहेको धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक मनबहादुर राई ,श्रीपुर प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर मल्ल, जिल्ला ट्राफिक कार्यालय वीरगन्जका प्रमुख प्रहरी निरीक्षक राजकुमार सिंह, ग्रीन सिटी अध्यक्ष जय प्रकाश खेतान, उपाध्यक्ष सञ्जय शर्मा, सज्जन अग्रवाल, तारा चन्द शर्मा, चंद्र अग्रवाल, कञ्चन कर्ण, शोभा गुप्ता, सर्फुद्दीन मियाँ, सज्जन मस्कारा, अञ्जनी खेतानलगायतका सरोकारवलाहरुको सहभागिता रहेको थियो ।