आईपीएलः भरपर्दा बलर रबाडा घाइते भएपछि दिल्लीलाई तनाव


काठमाडौं, इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली बलर सन्दीप लामिछाने रहेको टिम दिल्लीलाई प्रतियोगिताको अन्त्यतिर झट्का लागेको छ । उसका मुख्य बलर कागिसो रबाडा चोटका कारण सिजनका बाँकी खेल खेल्न नपाउने भएका छन् ।

लिगको प्लेअफमा पुगिसकेको दिल्लीका तीव्र गतिका बलर रबाडालाई विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकी क्रिकेट बोर्डले मे ३० भन्दा अगाडि स्वदेश फर्किन निर्देशन पनि दिएको छ । तर, आइपीएलमा चेन्नईविरुद्धको खेलका क्रममा उनले आफूलाई असहज महसुस भइरहेको बताएका थिए । उनको कम्मरमा समस्या भएको हुनसक्ने भन्दै परीक्षण गरिएको थियो । उनलाई आरामको आवश्यकता भएकाले दिल्लीले नै रबाडालाई स्वदेश फर्कन आग्रह गरेको छ ।
रबाडाले १२ खेलमा २५ विकेट लिएका थिए ।