मिडियाको घांँटी थिचेर मुलुक समृद्ध हुन सक्दैन


यमलाल भुसाल, बुटवल ।
प्रेसलाई राज्यले चौथो अंगको मान्यता दिए पनि सो अनुरुपको व्यवहार गर्न नसकेको एक कार्यक्रममा वोल्ने सरोकारवालाले औल्याएका छन ।

अहिलेको अवस्थामा सानो सानो कुरामा पनि मिडियाको घांटी थिच्ने काम भएको भन्दै उनिहरुले सरकारको आलोचना समेत गरेका छन् ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले शुक्रवार बुटवलमा आयोजना गरेको प्रेस स्वतन्त्रता ः लोकतन्त्रको आधार बिषयक अन्तर संवादमा बोल्दै सहभागीहरुले लोकतन्त्र र समृद्धि हासिलका लागि प्रेसलाइ स्वतन्त्र बनाउनुपर्ने उनीहरुको ठहर छ ।

कार्यक्रममा प्रदेश ५ का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले पत्रकारिता समाजको अंग भएपनि जिम्मेबार बन्नुपर्ने बताउनु भयो ।

संबिधानमा ३१ मौलिक हक मध्ये प्रेस स्वतन्त्रता पनि रहेको भन्दै उहाँले राज्यले धेरै हदसम्म सम्बोधन गरेको दाबि गर्नु भयो ।

कानुनको कार्यान्वयनको पक्ष निकै कमजोर भएको भन्दै सबैले एकाकार बनेर कार्यान्वयन गर्नुपर्ने उहाँको कथन थियो ।

अर्का प्रदेश सांसद बिष्णु पन्थीले प्रेस लगायतका आधारभूत कुरालाइ कुण्ठित गरेर कुनै पनि सरकार अघि बढ्न नसक्ने दाबि गर्नु भयो ।

प्रदेश सरकारले ल्याएको प्रसारण बिधेयकमा केहि समस्या नभएको दाबि गर्दै सांसद पन्थीले आपसी छलफलमा केहि कुरा छुटेको भए सम्बोधन गर्न सकिने बताउनु भयो । प्रेस स्वतन्त्रता बलियो भए सरकार पनि बलियो हुने उहाँको निश्कर्ष रहेका छ ।

प्रदेशसभा सदस्य रमा अर्यालले अहिलेको सरकार गलत बाटोमा हिड्दा सबै त्रासमा बाच्नुपरेको बताउनु भयो ।
अर्का प्रदेशसभा सदस्य फकरुद्धिन खांँनले राज्यको हस्तक्षेपकारी नीतिले पत्रकारिता क्षेत्र अप्ठ्यारोमा परेको बताउनु भयो ।

उहाँले भन्नु भयो—‘पहिलो हस्तक्षेप राज्यबाट भएको छ, दोश्राँे हस्तक्षेप आफैले आफैलाइ गर्नुपरेको छ ।’—‘पत्रकार स्वतन्त्र बन्नुस्,दलका गोटी नबन्नुस् ।’

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालले सरकार निरंकुश बन्यो ,जनताको भावना ,बिचार समेट्ने मिडिया क्षेत्र नै हो ,यस्लाइ स्वतन्त्र बनाउनु पत्यो ।’

पूर्व सांसद बिनोद पहाडीले अहिले तीनै तहका सरकार पूर्ण रुपमा निरंकुश बनेको दाबि गदैे संस्थागत रुपमै मिडियामाथि आक्रमण भएकोले सबैले यस्का बिरुद्ध आन्दोलन थाल्नुपर्नेमा जोड दिनु भयो ।

कांग्रेस नेता युवराज गिरिले सरकार सत्ता उन्मादमा लागेको बताए । प्रधानमन्त्री आफै न्यायाधिश बनेको भन्दै गिरीले प्रधानमन्त्रीले न्यायपालिकाको काम गरेको दाबि गर्नु भयो ।

नेकपाका नेता युवराज घिमिरेले प्रेस स्वतन्त्रता अनिबार्य सर्त भएको भन्दै जवाफदेही भने हुनुपर्ने बताउनु भयो ।
दैनिकपत्रका प्रधानसम्पादक बालकृष्ण चापागाईले राज्यले मिडियालाइ थिचेको अनुभूति भएको बताउनु भयो । नेपालको सन्दर्भमा प्रेस नीति नै गतल छ ,पत्रकारलाइ दास, कारिन्दा बनाउने ,प्रसारण ऐनले प्रेस स्वतन्त्रलाइ कुण्ठित बनायो ,कस्ले डा«फ्ट गर्यो ? भन्दै उहाँले आपत्ती जनाउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोगका दीपक ठाकुरले राज्यका नीति नियम जस्का लागि बनाइएको हो त्यससमा सरोकारवालाको सहभागिता रहनु आबश्यक रहेको बताउनु भयो ।