प्रतिभा छनोट समिति गठन


नेपाल समाचारपत्र, पोखरा ।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले यसैवर्षदेखि वितरण गर्ने गरी अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारको अक्षयकोष स्थापना गरेको छं । प्रत्येक वर्ष वितरण गरिने सो पुरस्कारको राशी पच्चिस हजार पाँच रुपैया नगद, कदरपत्र र दोसल्ला रहेको छ ।

प्रतिभा छनौटका लागि नेपाल पत्रकार महासंघ कास्कीका पूर्वउपाध्यक्ष राजबहादुर गुरुङको संयोजकत्वमा ५ सदस्यीय प्रतिभा छनौट समिति गठन भएको छ । समितिको सदस्यमा पत्रकार एवं पर्यटन समितिका कानुनी सल्लाहाकार अधिवक्ता हरीप्रसाद भट्टराई, समितिका मिडिया संयोजक टंकराज अधिकारी, समितिका सल्लाहाकार यमनाथ साप्कोटा र समितिका अध्यक्ष ललित गुरुङ रहनु भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्न सञ्चारमाध्यम मार्फत् समाचार प्रकाशन तथा प्रसारण गर्ने एक जना सञ्चारकर्मीलाई सो पुरस्कारबाट पुरस्कृत गरिने समितिका अध्यक्ष ललित गुरुङले बताउनु भयो ।

पुरस्कार अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्धारा आँउदो जेठ १६ देखि २० सम्म घान्द्रुकमा आयोजना हुने दोश्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको समयमा वितरण गरिने समितिका मिडिया संयोजक टंकराज अधिकारीले जानकारी दिनु भयो ।