श्रम कार्यालय ताहाचलबाट बिचौलिया नियन्त्रणमा 


काठमाण्डौ,
महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले यहि बैशाख १७ गते १५ः३० बजे काठमाण्डौ महानगरपालिका १३ ताहाचल स्थित श्रम कार्यालयबाट १ जनालाई पक्राउ गरेको छ ।

म कार्यालय बाहिर पानी विक्री वितरण गरि हिड्ने जिल्ला पाल्पा खानीगाउँ घर भई काठमाण्डौ महानगरपालिका १३ बाफल बस्ने वर्ष ४० को पिताम्बर गैरले श्रम कार्यालयको पर्खाल चढी भित्र प्रवेश गरि श्रम स्वीकृतिको लागि लाईनमा बसेका सेवा ग्राहीहरु जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका १५ शिखरपानीका सागर थिङ र काभ्रे नमोवुद्ध नगरपालिका ६ भकुण्डेका को बिश्वर लामासँग छिटो काम गरि दिन्छु भनि नगद १–१ हजार गरी २ हजार रूपैया लिएका थिए ।

गैरेलाई रकम सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको छ ।