सोतोकान टोली भारत जाने

42
Shares

काठमाडौं, (नेस)
द वल्र्ड सोतोकान कराते डो महासंघ, भारतको आयोजनामा हुने दक्षिण एसियाली (डब्लुएसकेएफ) कराते च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शुक्रबार भारतको चेन्नइ प्रस्थान गर्दैछ ।

मे ४ र ५ तारिखमा हुने प्रतियोगिताको पुरुष ६५ केजीमा सुदिप पाण्डे तथा ७० केजीमा फणिन्द्रप्रसाद जंगमले प्रतिस्पर्धा गर्ने छन् । जजका रुपमा नेपाल सोतोकान कराते संघका अध्यक्ष समेत रहेका हेमकुमार श्रेष्ठ तथा व्यवस्थापकका रुपमा मधु पौडेल पनि टोलीसंगै चेन्नइ जाँदैछन् ।