शंकरदेबलाई उपाधि

0
Shares

काठमाडौं, (नेस)
शंकरदेब क्याम्पसले खुला राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताका उपाधि जितेको छ ।

बिहिवार अमृत साईन्स कलेजमा भएको फाईनल खेलमा शंकरदेबले जेभियर कलेजलाई झिनो अन्तरले पराजित गरेको हो । शंकरदेबले पहिलो र तेश्रो क्वाटरमा लिएको अग्रतानै जितको आधार बन्यो । पहिलो क्वाटरमा १८–१० को अग्रता लिएको शंकरदेब दोश्रोमा क्वाटरमा १२–१६ ले पछि परेको थियो ।े तेश्रो क्वाटरलाई पूनः १४–१० ले आफ्नो पक्षमा लिएको शंकरदेव अन्तिम क्वाटरमा १९–२१ ले पछि परे पनि समग्रमा ६३–५७ को स्कोरमा जेभियरलाई पछि पादै च्याम्पियन बन्यो ।

शंकरदेबका लागि उत्कृष्ट खेलाडी चुनिएका रामकृष्ण घोतामेले २० स्कोरको योगदान दिए । त्यस्तै शंकरदेबका सौरभ श्रेष्ठले १२ स्कोर, दिवस श्रेष्ठले १० स्कोर गर्दा प्लेमेकर रबिन खत्री (मेट्रो) र आशिष बस्नेतले समान ९÷९ स्कोरको योगदान गरेका थिए ।

। मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजना तथा अमृत साईन्स क्याम्पस स्वबियुको ब्यवस्थापनमा संचालनभएको प्रतियोगिताको बिजेता शंकरदेबले १ लाख ११ हजार र उपबिजेता जेभियरले ५५ हजार ५ सय प्राप्त गरे ।