खेल पत्रकार भोम्जनको सम्झना गरियो

0
Shares

काठमाडौं, (नेस)
नेपाल खेलकुद पत्रकार मञ्चले स्वर्गीय खेल पत्रकार सुमन भोम्जनको बिहीबार एक कार्यक्रम आयोजना गरी सम्झना गरेको छ ।

बिक्रम सम्मत् २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भुकम्पमा परि भोम्जनको निधन भएको थियो । तर, उनको शव बैशाखको १९ गते मात्र फेला परेको थियो । मञ्चको मकवानपुर जिल्ला शाखाका अध्यक्ष समेत रहेका भोम्जन गोरखापत्र राष्ट्रिय दैनिकमा खेलकुुद ब्युरोमा कार्यरत थिए ।

हेटौंडा स्थायी घर भएका भोम्जनको शव विनाशकारी भूकम्पमा महावौद्ध स्थित डेरामा बैशाख १९ गते भेटिएको थियो । सोही दिनलाई मञ्चले स्मृति दिवस मनाउँदै आएको छ ।