आत्मघाती गोलसँगैं सरस्वती फाइनलमा

0
Shares

 

काठमाडौं, (नेस)
जावलाखेल युथ क्लबलाई १–० गोलअन्तरले स्तब्ध तुल्याएर सरस्वती युथ क्लब नैकापमा जारी चन्द्रागिरी गोल्डकपको फाइनलमा पुगेको छ ।

बिहीबार भएको सेमिफाइनल खेलमा सरस्वतीको जितमा आत्मघाती गोल उपहार नै फाइनल पुग्न पर्याप्त भएको थियो । खेलको दोस्रो मिनेटमा जावलाखेलका डिफेन्डर गौतम श्रेष्ठले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

उनी र गोलकिपर अरुण तामाङबीच समन्वय मिल्न नसक्दा बलले गोलपोस्टको दिशा लिइसकेको थियो । गौतमले ब्याक पास दिएको गोलकिपरलाई नै पतो भएको थिएन ।