ग्यासको दुई थरी मूल्य कायम गर्नुपर्नेमा सांसदको जोड

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
निर्माणाधीन पेट्रोलियम पाइपलाइन विस्तार परियोजना र नेपाल आयल निगमको भण्डारण क्षमताको संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्थलगत अनुगमन गर्ने भएको छ ।समितिको बिहीबार सरोकारवाला निकायस“ग बसेको बैठकले परियोजना र भण्डार केन्द्रको अनुगमन गर्ने निर्णय गरेको हो ।

भारतको रक्सौल–नेपालको अम्लेखगन्जसम्म निमार्णाधीन परियोजनाको ३६ दशमलव २ किलोमिटर पाइपलाइन अन्तिम चरणमा रहेको छ । समितिको टोली निमार्णधीन पाइपलाइनको कार्य प्रगति अनुगमन गर्न आगामी दिनमा बन्ने भण्डारण केन्द्रका साथै हालको भण्डार केन्द्रको अवस्था बुझ्न स्थलगत अनुगमनमा जान लागेको समितिका सभापति विमल श्रीवास्तवले बताउनुभयो।

समितिले ग्यासको बुलेट र ट्यांकर सञ्चालनका लागि जथाभावी इजाजत दिने काम नगर्न पनि सरकारलाई निर्देशन दिएको छ। समितिका सभापति श्रीवास्तवले व्यवसायीलाई विगतमा पनि दुःख दिने गरिएकाले सोको इजाजत दि“दा सम्बन्धित निकायस“ग विस्तृत छलफल गर्न निगमलाई निर्देशन दिनु भएको हो ।

समितिले राजविराज विमानस्थलमा हवाई इन्धनको व्यवस्था मिलाएउन समेत निर्देशन दिएको छ । समिति सदस्यहरुले राजविराज विमानस्थलमा हवाई इन्धनको माग गरेका थिए ।

सांसदहरुले उपत्यकाभित्र मापदण्ड विपरीत रहेका पेट्रोलपम्पहरु हटाउन समेत माग गरेका छन् । बैठकमा सांसद कृष्णकुमार श्रेष्ठले पेट्रोप पम्पका कारण उपत्यका रिक्स जोनमा रहेको भन्दै सबै पम्पलाई चक्रपथ बाहिर सार्न आग्रह गरेका छन् । उपत्यमा रहेका पम्पले तोकेको मापदण्ड पूरा नगरेको भन्दै मापदण्ड पूरा नगर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राखेका राख्नुभयो । उहा“ले खाना पकाउने ग्यासको मूल्य दुई थरी कायम गर्न माग गर्नु भयो ।

त्यसैगरी समितिले ग्यासको बुलेट र टयांकर सञ्चालनका लागि जथाभावी इजाजत दिने काम नगर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
नेपाल आयल निमगका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पाइपलाइनको निर्माण कार्य अन्तिम चरणमा रहेको बताउनु भयो ।उहा“ले अम्लेखगन्जसम्मको पाइपलाइनलाई विस्तार गरी चितवनसम्म विस्तार गर्ने काम अगाडि बढेको बताउनुभयो

पौडेलले पेट्रोलियम पदार्थको भण्डारण केन्द्र स्थापनाका लागि खरिद गरिएको जग्गासम्बन्धी विवाद अख्तियारमा विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै त्यसको छिनोफानो हुने बित्तिकै निर्माणकार्यले गति लिने बताउनुभयो । निगमले प्रदेश सरकारस“गको सहकार्यमा ७ वटै प्रदेशमा भण्डारण केन्द्र स्थापनाको समेत तयारी गरिरहेको बताउनुभयो ।

निगमका निमित्त नायव कार्यकारी प्रमुख नागेन्द्र साहले निगमले भारतीय आयल निगमले अंग्रेजी महिनाको १ तारिख र १५ तारिखमा नया“ मूल्यसूची निगमलाई पठाउ“दै आएको जानकारी दि“दै सोही अनुसार निगमले २०७१ असोजमा स्वाचित मूल्य लागू गरी अन्तर्राष्ट्रिय बजार अनुसार मुल्य समायोज गदै आएको बताउनुभयो ।