थाई नरेशको राज्याभिषेकपूर्व चौथो विवाह, नयाँ रानी सुथिदा २६ वर्षले कान्छी

0
Shares

बैंकक (एजेन्सी)
थाइल्यान्डका ६६ बर्षिय नरेस महा बजिरालांगकोर्नले आफनो राज्याभिषेकको ३ दिन अगाडी निजी सुरक्षाकर्मी ४० बर्षिय सुथिदा जिलाईसँग विवाह गरेको छ ।

थाई राजदरबारले बुधबार उक्त घोषणा गर्दै सुथिदालाई रानीको दर्जा दिएको छ । बजिरालांगकोर्न सन् २०१६ मा आफनो पिता राजा भुमिबल अदुल्यादेजको निधनपछि संवैधानिक रुपमा राजा घोषित गरिएको थियो । यद्यपी एक बर्ष शोक घोषणा गरिएकोले अहिलेसम्म आधिकारिक रुपमा उनको राज्याभिषेक भएको छैन ।

बजिरालांकोर्नले यसअघि पनि तीन पटक विवाह गरिसकेका छन् । उनका साता सन्तान छन् ।

रानी सुथिदा लामो समयदेखि बजिरालांगकोर्नसँगै बस्दै आइरहेकी थिइन् । यद्यपी दुबैले आफनो सम्बन्धलाई लिएर कुनै बयान दिएको छैन । बुधबार राजदरबारका तर्फबाट अचानक घोषणा भएपछि दुबैको विवाह देशभरीको टेलिभिजन च्यानलहरुमा प्रसारण गरिएको थियो ।

विवाह समारोहमा राजा वजिरालांगकोर्न रानी सुथिदाको टाउकोमा पवित्र जल अर्पण गरिरहेका देखाइएको थियो । पछि दुबैले विवाह दर्तामा हस्ताक्षर गरेका थिए ।

सुथिदा थाई एयरवेजमा फ्लाइट एटेन्डेन्टका रुपमा काम गर्थिन् । सन् २०१४ मा बजिरालांगकोर्नले उनलाइ आफनो निजी अंग रक्षकको युनिटमा डिप्टी कमान्डर नियुक्त गरेका थिए । बजिरालांगकोर्नले राजा बनेपछि सुथिदालाई सन् २०१६ डिसेम्बरमा जनरल पदमा बढुवा गरेका थिए । सन् २०१७ मा उनलार्य राजाको निजी अंगरक्षकको पद दिइएको थियो ।