मृत्यु र रोगको प्रमुख कारण मोटोपना

0
Shares

लन्डन,(एजेन्सी)
वेलायतमा हालै गरिएको स्वास्थ सम्बन्धी अनुसनधानबाट अधिक मोटोपनाकै कारण २८ लाख व्यक्ति रोग र मृत्युको शिकार हुने खतरामा परेको पत्तालागेको छ । यस गहन अध्ययनले वेलायतमा मोटोपनाको ठूलो समस्या रहेको र मृत्यु तथा रोगको सरोकार मानव शरिरको वजनसंग प्रत्यक्ष रुपमा रहेको जनाएको छ ।

शरिरको पिण्ड सुचि ( बिएमआइ ) ३० देखि ३५ हुने मानिसहरुमा ह«दयाघात हुने खतरा सोह ीउमेर समुहका बिएमआइ १८ दशमलव ५ देखि २५ रहेकाहरुको तुलनामा सत्तरी प्तिशतले बढि हुने बताइएको छ । साथ ैयस अध्ययनले वेलायतका करिव २८ लाख वयस्कमा अलिकति वजन बढि रहेको र तिनीहरुमा अन्य सामान्य व्यक्तिका तुलनामा टाइप टु डायविटिज हुने संभावना दोब्बर हुने जनाएको छ ।

पब्लिक हेल्थ इंगलयान्डले मोटोपनाको समस्या समाधानका लागि ठोस कदम चालिनु आवशयक रहेको जनाएको छ । ग्लास्गोमा आयोजना हुने मोटोपना माथिको युरोपेली कंग्रेसमा यस अध्ययनको प्रतिवेदन पेश गरिने भएको छ ।
यस अध्ययन गर्ने हेल्थकेयर फर्म नोभो नोर्डिस्कलाई आर्थिक लगानी गरेका तथा अध्ययनका लेखक क्रिस्टिन हासले भनेकीछिन् , ‘ विगत ३० वर्ष भित्र विश्वभरि मोटोपनाको समस्या भएका मानिसको संख्यामा तेब्बर वृद्धि भएको छ । सन् १९७५ मा तिनीहरुको संख्या १० करोड ५० लाख रहेकोमा सन् २०१६ मा ६५ करोड पुगेको छ । ’