ईन्द्रसभा सामुदायिक भवन शिलान्यास


नेपाल समाचारपत्र, काठमाडौं ।
काठमाण्डौं क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौ महानगरपालिका वडा न.१९ ईन्द्रसभा सामुदायिक भवन, ईना टोलमा प्रतिनिधि सभा सदस्य माननीय जीवन राम श्रेष्ठबाट शिलान्यास गरिएको छ ।

उत्त कार्यक्रममा प्रदेश सभा सदस्य माननीय राजेश शाक्य, वडा महिला सदस्य रेनु शाही, ईन्द्रसभा सामुदायिक भवन उपभोक्ता समितिका अध्यक्ष प्रतिक खड्गी सल्लाहकार मिलन खड्गी, बिनोद खड्गी, आन्नद बहादुर शाही लगायतका थुप्रै सदस्य तथा पदाधिकारीहरु तथा स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।