पहिलो ओमानी सगरमाथा आरोही खालिदको निधन


काठमाडौं ।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही खालिद अल शियाबीको निधन भएको छ । शियाबीको बिहीवार असमाहिक निधन भएको स्रोतले जनाएको छ ।

उनले सन् २०१० मे २३ तारिखमा विश्वको सर्वोच्च शिखर सगरमाथा सफलता पूर्वक आरोहण गरेका थिए । ओमानबाट उनी सगरमाथा आरोहण गर्ने पहिलो ओमानी आरोही हुन् ।