दुई प्रदेशका खानेपानी कार्यालयमा झण्डै ५९ करोडको बेरुजु


सरोज यादव, विराटनगर ।
संघीय खानेपानी अन्तर्गतका प्रदेश नं १ र २ का कार्यालयमा आर्थिक वर्ष २०७३÷७४ सम्ममा रु ५८ करोड ८३ लाख ६३ हजार ७०६ वेरुजु रहेको पाइउको छ । खानेपानी मन्त्रालय काठमाडौ र संघीय खानेपानी तथा ढल व्यवस्था समिति प्रदेश नं १ र २ द्वारा विराटनगरमा आयोजित प्रदेश स्तरीय सुशासन प्रवद्र्धन तथा वेरुजु व्यवस्थापन सम्बन्धी तीन दिने कार्यशाला गोष्ठीका अवसरमा सो जानकारी दिइयो ।

उक्त मन्त्रालय अन्तर्गतका मुलुकभरी कार्यालयहरुमा रु १० अर्व भन्दा वढी वेरुजु रहेकोमा सहभागीहरु चिन्तित रहेका छन् । प्रदेश नं १ का भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मनोज घिमिरेले कर्मचारी स्थायी सरकार भएकाले वेरुजु फछर्र्याैट गरी सुशासन कायम गरेमा सही अर्थमा सङ्घीयता कार्यान्वयन भई मुलुकमा समृद्ध कायम हुने वताउनु भयो ।

प्रदेश १ का कोष नियन्त्रक कृष्ण प्रसाद पोखरेल ,संघीय खानेपानी तथा ढल व्यवस्थान आयोजना प्रमुख चक्रमाणी शर्मा,उप सचिव विष्णु प्रसाद ज्ञवाली भएको वेरुजु फछ्र्यौैट गर्न र सुशासन प्रवद्र्धन गर्न कर्मचारीहरुले सचेत भई कार्य गर्नुपर्ने जोड दिनु भयो ।

प्रदेश नं १ अन्तर्गतका १४ जिल्लामा खानेपानी मन्त्रालय अन्तर्गतका कार्यालयमा आर्थिक वर्ष २०७३ः७४ सम्ममा रु २९ करोड ९९ लाख ८२ हजार १८६ वेरुजु रहेको छ भने फिक्कल नगर आयोजना र साना शहरी इटहरी कार्यालयको रु १३ करोड ३१ लाख९६ हजार १५६ गरी जम्मा जम्मा रु ४३ करोड ११ लाख ७८ हजार ३४२ वेरुजु रहेको उपलव्ध तथ्यङ्कमा जनाइएको छ।

यसैगरी प्रदेश नं २ अन्र्ततका ८ जिल्लामा रु १४ करोड ५९ लाख ११ हजार ७३४ छ भने साना शहरीतर्फ वर्दिवास महोत्तरी, निजगढ बारातर्फ रु ९२ लाख ७३ हजार ६२९ गरी जम्मा वेरुजु १५ करोड ५१ लाख ८४ हजार ३६४ रहेको छ।

कार्यशाला गोष्ठीमा संघीय र प्रदेश खानेपानी डिभिजन कार्यालयका प्रमुख र लेखा प्रमुखहरुको सहभागिता रहेको छ। गोष्ठीमा सुशासन प्रवद्र्धन, सङ्घीय संरचनामा वजेट तथा कार्यक्रम तर्जुमा , उजुरी , गुनासो व्यस्थापन, सूचनाको हक सम्वन्धी अनुशिक्षण, वेरुजु व्यवस्था, र कार्यालय व्यवस्थापन तथा निर्देशन आदि विषयमा प्रशिक्षण दिन कार्यक्रको उद्देश्य रहेको छ।