वन मुद्दाका फरार अभियुक्त पक्राउ


इलाम ।
विभिन्न मुद्दामा अदालतबाट फैसला सुनाएपछि फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्ने अभियान इलाम प्रहरीले जारी राखेको छ । एक वर्ष अघि यो अभियानलाई सक्रिय बनाएको प्रहरीले दर्जनौँ अभियुक्तलाई पक्राउ गरेर सजाय भुक्तानका लागि कारागार चलान गरेको थियो ।

बिगत केहि महिनायता यो अभियानमा प्रहरीले निस्किृय देखिएको थियो । तर एक महिना अघिबाट फेरी प्रहरीले फरार अभियुक्त पक्राउ अभियानलाई सक्रिय ढंगले अघि बढाइरहेको छ । यसै क्रममा प्रहरीले एकजना बन मुद्धाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

जिल्लाको माईनगरपालिका २ का धनञ्जय श्रेष्ठलाई पक्राउ गरी जिल्ला अदालत इलाममा बुझाइसकेको छ । अदालतले श्रेष्ठलाई वन मुद्धामा एकवर्ष कैद तथा ५४ हजार ७० रुपैयाँ जरिवाना तोकेको थियो ।