जाजरकोटमा सुन्तला जोन क्षेत्र विस्तार


बासुदेव शर्मा, जाजरकोट ।
प्रधानमन्त्रन्त्री कृषि आधुनिकिकरण परियोजना जोन सुन्तला फलफुल आयोजना इकाई जाजरकोटले कार्यक्रमको क्षेत्र विस्तार गरेको छ ।
करिव एक वर्ष देखि जाजरकोटमा संचालन भएको कार्यक्रमले नलगाड नगरपालिका ३ डाडागाउँ भेरी नगरपालिका २ र कुसे गाउँपालिकाको सवै वडामा कार्यक्रम संचालन गरेको थियो । हाल कार्यक्रमले जाजरकोटका छेडागाड नगरपालिका वडा नं. ११ र १२ भेरी नगरपालिकाको वडा नं. ५,६,र ७ मा कार्यक्रमको क्षेत्र विस्तार गरेको छ ।

गत आर्थिक वर्षमा परियोजना संचालन भएका कुसे गाउँपालिकाको सवै वडा र भेरी नगरपालिका वडा नं. २ मा गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भै प्रमाण पत्र पाएका ४५ वटा समुह सहकारीहरुलाई साना तथा मझौला साना सिचाई कार्यक्रम सम्पन्न गर्नको लागी परियोजनले ६० लाख वरावरको रकम समुह सहकारी मार्फत संचालन गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जोन सुन्तला फलफुल कार्यक्रमबाट संचालन भएका योजनाहरुको कार्यालयले समय समयमा अनुगमण गरेको छ । परियोजनाबाट संचालन भएका योजनाहरु जेठ मसान्त भित्र सम्पन्न गर्ने सम्झौता भएकोले सम्झौता अनुसार काम सम्पन्न नभएका योजनाहरुलाई कार्यालयले अनुगमण गरी प्राविधिकको मुल्याकणका आधारमा भुक्तानी दिने कृषि प्राविधिक यज्ञ बहादुर रोकायले वताउनु भयो ।

जाजरकोट जिल्लामा सुन्तलाको पकेट क्षेत्र वनाउनको लागी परियोजनाले समय समयमा कृषकहरुलाई विरुवामा लाग्ने रोग किराका बारेमा जानकारी गराएको छ । बैशाष महिनामा सुन्तला जात फलफुलमा फल लागे समय भएकोले सुन्तलाका फल झर्ने , फल विकसित भएपनि स्वादिष्ट नहुने भएकोले फल झर्ने औसा नियन्त्रणको लागी फेरोमोन टरयाप, मल्टिपलेक्स सुक्ष्म तत्व झोलहरु प्रविधि प्रदर्शन तालिम संचालन गरी किसानहरुलाई वितरण गरेकोले फुलफुलमा लागेको रोग नियन्त्रण गर्ने विधि जानकारी गराएकोले किसानहरुलाई उक्त विधि प्रयोग गरी विरुवा र फल स्वच्छ राख्न समय समयमा आवश्य सल्लाह दिएको कृषि प्राविधिक विश्वामित्र शर्माले वताउनु भयो ।

आयोजनाले किसानहरुको उत्पादनमा बृद्धी गर्नको लागी प्रोत्साहन रकम, व्रmप कटिंगको रकम लगाएत हार्भेष्टका सामाग्री ५० प्रतिशत अनुदानमा किसानहरुलई वितरण गरेको प्रधानमन्त्रन्त्री कृषि आधुनिकिकरण परियोजनाका आयोजना प्रमुख बरिष्ठ कृषि अधिकृत टंक रिजालले बताउनु भयो ।

परियोजनाका प्रमुख रिजालले किसानहरुले गरेको श्रमलाई आत्मसाग गर्दै उत्पादनमा बृद्धी गरान परियोजनाबाट समय समयमा सल्लाह सुझाव, फलफुल सम्वन्धि तालिम, किसानलाई आवश्यक पर्ने सामाग्रीहरु मागका आधारमा उपलव्ध गराउने वताउनु भयो ।