चट्याङ लागेर दुई गाईको ज्यान गयो


डोटी ।
जिल्लाको सायल गाउँपालिका वडानं. १ छपालीमा चट्याङ् लागेर दुई वटा गाई मरेका छन् । आज बिहिवार दिउँसो करिब ४.१५ बजे तिर छपालीको बिनेवाडा टोलका किशन नेपालीको गोठमा चट्याङ् पर्दा उहाँका दुइ वटा गाई मरेको ईलाका प्रहरी कार्यालय मौवा डोटीले जनाएको छ ।

कमजोर आर्थिक अवस्थाका कृषक नेपालीका व्याउने तयारीमा रहेका दुइ वटा गाइ सँगै मरेपछि ठूलो क्षती व्यहोर्नु परेको छ । घटना बारे स्थानीय प्रहरीलाई खबर गरिसकेको भए पनि भौगोलिक हिसाबले अलि टाढा रहेकाले भोलि मात्रै प्रहरीले स्थलगत मुचुल्का तयार गर्ने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रबक्ता तथा प्रहरी नायव उपरिक्षक लालबहादुर धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घटनास्थल केही टाढा रहेछ प्रहरीलाई मुचुल्का बनाउन आदेश दिएका छौँ,भेली सम्म मुचुल्का तयार हुने छ ।” चट्याङ्बाट गोठको भित्ता समेत भत्किएको र मानवीय क्षती भने नभएको प्रहरीले जनाईएको छ । बिहिवार जिल्लामा ठुलो हावाहुरी सँगै वर्षाद भएको थियो । अहिले पनि यहाँका अधिकाँस स्थानमा ठुलो पानी र हावाहुरी चलिरहेको छ ।