सूचना तथा सञ्चार प्रविधि सम्बन्धि अभिमुखीकरण


धनवीर दाहाल, रुकुम ।
जिल्लाको मुसीकोट नगरपालिकामा राष्ट्रिय सुचना तथा सञ्चार प्रबिधि सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सुचना तथा सञ्चार प्रबिधि दिवसको अवसरमा स्थानीय जनप्रतिनीधि, कार्यालयका कर्मचारी र पत्रकारका बिचमा अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । मुसीकोट नगरपालिका सुचना शाखाको आयोजनामा बिहीबार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विकास र समृद्धिका बिभिन्न क्षेत्रमा आइसिटीको प्रयोगका सम्बन्धमा छलफल गरिएको बताइएको छ ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक शुसिल गौतम, पूर्बाधार विकास समितिका संयोजक धिरण सिर्पाली, बिषयगत शाखा संयोजकहरु, बिभिन्न मिडियामा आबद्ध पत्रकार लगायतको आतिथ्यता रहेको थियो । नगरपालिकाको माथिल्नो सभाहलमा सम्पन्न कार्यक्रममा कार्यपालिकाका सदस्यहरु, न्यायिक समितिका पदाधिकारीहरु, नगरपालिकामा कार्यरतकर्मचारीहरु, बिभिन्न मिडियामा आबद्ध पत्रकार लगायतको सहभागिता रहेको थियो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबिर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सुचना प्रबिधि अधिकृत गोपाल ओलीले गर्नु भएको थियो ।