यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका ९ निर्णय(सूचीसहित)


काठमाडौँ ।
मंलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । सरकारले दरबाङ्ग–म्याग्दी जलविद्युत आयोजना, फिस्लिङ–तोलाङ–शक्तिखोर ग्रामीण सडक स्तरोन्नति र महाकाली सिँचाइ आयोजनाको नहर निर्माण गरि तीनवटा आयोजना प्रयोग गर्न दिने योजना बनाएको सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

उक्त बैठकमा प्रयोगशालामा कार्यरत कर्मचारीलाई प्रयोगशाला जोखिम भत्ता दिने र आर्थिक वर्ष २०७६÷७७–२०८०÷८१ को आधारपत्र स्वीकृत गर्ने निर्णय गरिएको प्रवक्ता बास्कोटाले बिहीवार पक्र्कार सम्मेलनमा बताउनुभयो । उहाँका अनुसार अब सबै स्थानीय तहमा उप–राष्ट्रिय खजाना विनियामक अनुप्रयोग सफ्टवेयर लागू गर्ने निर्णय गरिएको छ ।

यस्तै सरकारले साउदी विकास कोषबाट भूकम्पपछिको पुनर्निर्माण लागि उपलब्ध हुने ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने हातहतियार खरखजाना नियमावली, २०२८ को अनुसूचि ११ (क) मा संशोधन गर्ने निर्णय भएको छ ।

प्रवक्ता बास्कोटाका अनुसार सरकारले सुशासन ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन ‘आर्थिक वर्ष २०७४÷७५’ संघीय संसद् समक्ष पेश गर्ने निर्णय गरिएको छ ।

सूचना प्रविधि आकस्मिक सहायता समूह सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७५ सहित सैनिक प्राविधिक सेवा नियमावली, २०७५ पनि स्वीकृत गरिएको बास्कोटाले जानकारी दिनुभयो ।

बैठकले गरेका निर्णय हेर्नुहोस्ः

IMG_0001