शिक्षक कुटपिट गर्नेलाई कारबाही गर्न माग


धनवीर दाहाल,रुकुम ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा ९, मा पर्ने कालिका मावि सुन्दरपानीमा कार्यरत शिक्षक भिमबहादुर पुनमाथी कुटपिट गर्नेलाई कडा कारबाही गर्न माग गरिएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति रुकुम पश्चिमले बुधबार एक बिज्ञप्ती ज्ञारी गर्दै यस्तो कारबाहीको काम गरेको छ ।

संगठनका जिल्ला अध्यक्ष लोकबहादुर खत्रीद्धारा हस्ताक्षर भएको बिज्ञप्तीमा आठबिसकोट नगरपालिका ९ निबासी जनक बटालाले बिद्यालयमा काम गरिरहेका शिक्षक पुनलाई बिद्यालय प्रांगनमा कुटपिट गरेको उल्लेख गरिएको छ ।

‘नेपाली कार्यकर्ता, स्वघोति उक्त बिद्यालयको अध्यक्ष हलवा दिने तर उक्त बिद्यालयको बिएड तहमा आफै अभ्यास शिक्षण गरिएका जनक बटालाले शिक्षकले पुनले प्रयोग गरिेहको ईन्टरनेट छुटाएर दुरब्र्याहार सहित कुटपिट गरेको’ बिज्ञप्तीमा जनाईएको छ ।

घटनाको त्साना गर्दै दोषी उपर कानुनी कारबाही नगरिए कडा कमद चाल्ने चेतापनी पनि दिईएको छ । शिक्षक सेवा आयोगले नतिजा प्रकाशन गरेको थाहा पाएर आफुले ईन्टरनेटमा हेरीरहेका वेला ईन्टरनेट बन्द गरिदिने देखि आफुसामु आएर आफुलाई हातपात गरेकोे शिक्षक पुनले बताएकमा छन ।

विद्यार्थीहरु बाहिर छरपष्ट भएको र शिक्षक ईन्टरनेटमा रमाएर वसेको देखेपछि आफुले त्यसो नगर्न आग्रह गर्दा केहि घटनाक्रम भएको जनक बटालाले प्रतिक्रिया दिएका छन ।

पहिले राम्रो विद्यालयमा चिनिएको मावि सुन्दरपानीमा पछिल्लो समय बेलाबेलामा यस्ता विवाद हुने गरेका छन भने विद्यालयको पढाई सँगै नतिजा पनि खस्किदै गएको छ ।

२०७५ सालको नगरस्तीय परिक्षामा कक्षा ८ वाट ३ जना विद्यार्थी मात्र उतिर्ण भएका थिए । उक्त विद्यालयमा जनक बटालाले विव्यस अध्यक्षका रुपमा काम गरिरहेको भएपनि नगरपालिकाले भने अनुमोदन नगरेको बताईएको छ ।