अब राजधानीमा पनि देबघाटधाम


हरिहर आश्रम

काठमाडौ । बैदिक धर्म गुरुका रुपमा सुपरिचित पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीज्यू महाराजको नेतृत्व एवं शुभसंकल्पमा राजधानीको धापासीमा ऐतिहासिक धार्मिक
स्थलको रुपमा देबघाटधामको शाखा निर्माण सपन्नभएको छ ।

हरि –बिष्णु र हर –शिबको बिग्रह प्रतिष्ठापित मन्दिरको रुपमा हरिहर मन्दिर र सोही मन्दिरको नामबाट हरिहर सन्यास आश्रम पनि हालै सम्पन्न भएको छ । आम धर्माबलम्बीहरुले अति श्रद्धाको रुपमा लिने हरिहर आश्रम राजधानीमा स्थापित हुनुलाई उपत्यकाबासीले निकै गौरबको अनुभुति गरेका छन ।

अति सुन्दर र ऐतिहासिक हरिहर मन्दिर , हरिहर आश्रम, बैदिक कर्मानुष्ठान गर्ने हबनकुण्ड , बाचनालय देबघाटको गुरुकुलम शाखाको रुपमा टोखानगरपालिका ६ धापासी ग्राण्डी अस्पताल अगाडि निर्माण सम्पन्न भएको धार्मिक शुभकार्यको उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोख्रेलले यहि बैशााख २५ गते बिहान उदघाटन गर्ने कायक्रम रहेको छ ।

हरिहरमन्दिर बिराटज्ञानमहायज्ञ तथा टोखानगर र्धािमक महोत्सब पनि सोही दिन देखि अर्थात बैशाख २५ गते देखि जेठ १ गते सम्म संचालन हुने छ ।

नैनदेबीभगवतीको परिसरमा निर्मित हरिहरमन्दिर, हरिहर सन्यास आश्रमले टोखानगरलाई मात्र होइन काठमाडौ राजधानीबासीलाई अर्को धार्मिक श्रद्धाको पबित्र स्थान बनाएको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बताउनुभएको छ ।

बुट्याान, झाडीले भरिएको स्थानलाई धार्मिक बनको रुपमा बिकास गरी सो क्षेत्रको बिकास र बालबालिकाहरुलाई गुरुकुलम शिक्षा पनि दिने गरी सो क्षेत्रको बिकास समेत गरिएको छ ।

हरिहर सन्यास आश्रम, श्रीपरमानन्द संस्कृत गुरुकुल बिधापीठम देबघाटधाम तथा नेपाल सन्त समाजका अध्यक्ष,पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीज्यू महाराजले सो क्षेत्रका नागरिकहरुको माग र अपेक्षाअनुसार उहाहरुकै सहयोगमा आफुले टोखा नगरको धापासीमा हरिहर मन्दिर , हरिहर सन्यास आश्रम निर्माण गरेको स्पष्ट पार्नुभएको छ ।

बिश्वको एक मात्र सालग्रामबाहिनी कालीगण्डकी र त्रिशुलीगंगाको संगम स्थल देबघाटधाम, देबमुर्तिको रुपमा परिचित देबघाट पुर्बिय दर्शनको अध्ययनभुमिको रुपमा पनि परिचित छ । जसको शाखा धापासीमा पनि हुनुलाई राजधानीबासीले निकै उत्साहका साथ लिनुका साथै धार्मिक सस्कार , असल बानी ब्यहोरा , असल सस्कार र गुरु र आफु भन्दा जेष्ठ नागरिक एवं मान्यजन प्रतिआदर गर्ने सस्कारलाइ बिकास गर्न थप सहयोग पुग्ने बिश्वास गरेको टोखानगरपालिका बिराटज्ञान महायज्ञ टोखानगर धार्मिक महोत्सब मुल आयोजक प्रचार प्रसार समितिका सयोजक एवं बरिष्ठ पत्रकार टंक पन्तले जानकारी गराउनुभएको छ ।

हरिहर मन्दिर समुदघाटन, देबमुर्ति प्राणप्रतिष्ठा, बिराटज्ञान महायज्ञ एवं टोखानगर धार्मिक महोत्सबका बारेमा जानकारी गराउने उद्धेश्यले बिहीबार आयोजित पत्रकार सम्मेलनमा श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीज्यू महाराजले यहि बैशाख २५ गते देखि जेठ १ गते सम्म बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म धापासीको ग्राण्डी अस्पताल अगाडि हुने पबित्र कार्यक्रममा सपरिबार पाल्नुहुन पनि बिशेष आग्रह गर्नुभएको छ ।

श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीज्यू महाराजले महायज्ञबाट हुने सहयोगको परिचालन गरी धार्मिक अनुष्ठानको माध्यमबाट बिभिन्न ११ जिल्लामा आधुनिक बिधालय पनि संचालन गर्नुभएको छ । गुल्मी , बाग्लुङ्ग, म्याग्दी, अर्घाखाची, रुपन्देही, नबलपरासी , नबलपुर , चितवन तनहु , पाल्पा, पर्बत लगायतका जिल्लामा संचालित बिधालय संचालनले ज्ञानानन्द स्वामीलाई बैद्धिक धर्मका उपकुलपति पनि भनिन्छ ।