जीप दुर्घटनामा सहचालकको मृत्यु   


बझाङ,  बझाङको थलारा गाउँपालिकामा जीप दुर्घटना हँदा सहचालकको मृत्यु भएको छ ।

थलारा गाउँपालिका–५ को गौमती खोलामा आज बिहान से १ ज १००७ नंको जीप दुर्घटना हुँदा सोही गाउँपालिका–६ का सहचालक १९ वर्षीय टीका भट्टराईको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले जानकारी दिनुभयो ।

दुर्घटनापछि जीप चालक कमल साउँद सम्पर्कमा नरहेको उहाँले बताउनुभयो । जीप विवाहको सामान पु¥याएर फर्कने क्रममा दुर्घटना भएको जनाइएको छ । जीप सडकबाट करीब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
रासस