जापानका नवसम्राट नारुहिताे

0
Shares

टोक्यो,(एजेन्सी)
जापानको नव सम्राट नारुहितो ले बुधवार राजगद्धि आरोहण गरेपछि पहिलो पटक सार्वजनिक सम्वोधन गर्ने क्रममा आफुले राष्ट्र र एकताको प्रतिकको भूमिका निभाउने प्रतिवद्धता जनाएका छन् ।

जापानको राजधानी टोक्यो स्थित राजपसादमा आयोजित संक्षिप्त तर प्रतिकात्मक कार्यक्रममा ५९ वर्षिय नारुहितोले औपचारिक रुपमा आफ्नो शासन प्रारम्भ गर्दै सो प्रतिक्रिया दिएका हुन् । आफ्ना ८५ वर्षिय पिता अकिहितोले बुढ्यौली र कमजोर स्वास्थ अवस्थाको कारण स्वेच्छाले राजगद्धि त्यागेपछि नारुहितो जापानको नयाँ सम्राट भएका हुन् ।

जापानको २ सय वर्ष भन्दा लामो राजतन्त्रको इतिहासमा राजगद्धि तयाग्ने अकिहितो पहिलो सम्राट हुन् । अब देखि सम्राट एमेरिटसको नामले चिनिने अकिहितोले आफ्नो शासनकालमा थुप्रै जापानी जनताको हितका काम गर्नुका साथै दैवी प्रकोप तथा रोगव्याधिबाट ग्रसितहरुसंग प्रत्यक्ष रुपमा अन्तरक्रिया गर्ने गरेका थिए ।

आफ्नो भाषणकोबेला सम्राट नारुहितोले आफ्नो पिताको प्रशंसा गर्दै आफुले पनि सदैव जापानी जनताको हित चिताउने बताएका छन् । नारुहितोले भनेका छन् , ‘ आफ्नो व्यवहारले अकिहितोले गहिरो करुण प्रदर्शन गर्नु भएको छ । म सम्राट एमेरिटसको पथलाई इमान्दारिताका साथ पछ्याउने वाचा गर्दछुँ ।

साथै मैले जापानी जनताको एकता र राष्ट्रको प्रतिकको उत्तरदायित्व पनि पूरा गर्नेछुँ । प्राविधिक रुपमा नारुहितो मंगलवारको मध्यरात देखिनै जापानको सम्राट बनेका थिए । उनका पिताको शासनकाल समाप्त भएसंगै जापानको आफ्नै खालको परम्परागत पात्रो अनुसार रेइवा युगको शुरुवात भएको छ ।

जापानी भाष अनुसार रेइवाको अर्थ ‘ शानित र सम्वृद्धि ’ हो । तर बुधवार राजप्रासादमा पवित्र शाही प्रतिक तरवार र जुवाहरात धारण गरेपछि औपचारिक रुपमा सम्राट घोषित भएको हो । ति प्रतक परम्परागत रुपमा समटहरुमा हस्तन्तरण हुँदै आएका हुन् ।

जापानी सम्राटहरुले ताज नपहिरिने हुनाले शाही शक्तिको रुपमा एउटा ऐना लगायत ति वस्तुहरु स्विकार गर्ने गरेका छन् । तर यस्ते कार्यक्रममा प्योग गरिने यि वस्तुहरु नक्कली हुन् ।

सक्कली वस्तुहरु भने राष्ट्रका पवित्र मन्दिरहरुमा सुरक्षित राखिने गरिएको छ र तिनीहरुलाई कहिल्य ेसार्वजनिक प्रदर्शनमा राखिने गरिएको छैन । सम्राट नारुहितो र उनकी पत्नी तथा जापानको पूर्व कुटनीतिज्ञ मासाको ओवादा आफ्ना व्यवहारमा निकै आधुनिक हुने अनुमान गरिएको छ ।

विश्व प्रसिद्ध वेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका नारुहितोले सन् २०१७ मै एउटा पत्रकार सम्मेलनमा हरेक युगमा नयाँ हावा चल्ने र प्रत्येक युगमा शाही परिवारको भुमिका परिवर्तन हुने बताएका थिए् ।

एउटा चियापान कार्यक्रममा भेटेका नारुहितो र मासाकोबिच सन् १९९३ मा विवाह भएको थियो । मासाकोले अक्फोर्ड र हवार्ड विश्व विद्यालयबाट उच्च शिक्षा हासिल गरेकी हुन् । नजारुहितो मासाकोबाट सन् २००१ मा एक मात्र पुत्री एवम राजकुमारी आइकोको जन्म भएके थियो ।

जापानको कानुन अनुसार महिलाले राजगद्धि आरोहण गर्न पाइँदैन । अब राजगद्धिको उत्तराधिकारी रोलक्रममा नारुहितोको भाइ राजकुमार फुमिहितोपछि फुमिहितोकै पुत्र अर्थात १२ वर्षिय भतिजा तथा राजकुमार हिसाहितो रहेका छन् ।