सैनिक विद्रोह असफल: राष्ट्रपति माडुरो

0
Shares

काराकास,(एजेन्सी)
भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले बुधवार विपक्षी नेता हुवाँ गुआइदोले प्रयास गरेको भनिएको सैनिक विद«ोहलाई सफलता पुर्वक दमन गरिएको औपचारिक जानकारी दिएकाछन् । भेनेजुयलाको राष्ट्रिय सभाका अध्यक्ष समेत रहेका गुआइदोको प्रक्षमा दर्जनौं नेसनल गार्डले साथ दिएका थिए ।

मंगलवार तिनीहरु र सरकारी फौजबिच भएके भिडन्तमा एकसय जना भन्दा बढि व्यक्ति घाइते हुुन पुगेका थिए । तर सरकारी टेलिभिजन मार्फत्त सम्वोधन गर्दै राष्ट्रपति माडुरोले गुआइदो आफ्नो प्रयत्नमा असफल भएको बताएका छन् । गत जनवरीमा गुआइदोले आफुलाई भेनेजुयलाको अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए ।

उनको उक्त कदमको संयुक्त राज्य अमेरिका लगायत प्रमुख युरोपेली तथा दक्षिण अमेरिकी मुलुकहरुले मान्यता दिएका थिए । माडुरो पक्षमा भने चीन र रसिया उभिएका थिए । तर माडुरोले भने कुनै पनि हालतमा सत्ता नछोड्ने अडान लिएका छन् ।

गुआइदोले भने शसस्त्र फौज माथि माडुरोको नियन्त्रण गुमिसकेकाले उनले शान्तिपुर्ण ढंगले सत्ता सुम्पनुपर्ने विचार व्यक्त गरेका छन् । उनले बुधवार पनि आफ्ना समर्थकहरुलाई पुन विरोध प्रदर्शनका लागि सडकमा ओर्लन आब्हान गरेका छन् ।