सिरिसेनाले आईएसलाई भने श्रीलंकालाई एक्लै छोड्नु

0
Shares

कोलोम्बो (एजेन्सी)
श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बुधबार एक समाचार एजेन्सीलाई इस्टरको दिन भएका विस्फोटका सुत्रधार विदेशी भएको बताए ।

उनले इस्लामिक संगठन इस्लामिक स्टेटलाई आफनो देशलाई एक्लै छोड्न भनेका छन् । श्रीलंकामा शान्ति खल्बल्याउने गतिविधि लिएर नआउन संकेत दिँदै सिरिसेनाले भने– आईएसले ल्याएको नयाँ योजना अन्तर्गत साना देशहरुलाई निशाना बनाउने योजना बनाइएको छ ।

मंगलबार देशमा उच्चसतर्कता घोषणा गरिएको सरकारी स्रोतले जनाएको छ । प्रहरी र सुरक्षा बलले सोमबारदेखि रमजान महिना शुरु हुने भएकोले फेरी पनि हमला हुन सक्ने आसंका गरेका छन् । यसअघि इस्टरको दिन भएको सृंखलाबद्ध विस्फोटमा २ सय ५९ जनाले ज्यान गुमाएका थिए भने ५ सय भन्दा धेरै घाइते भएका थिए ।

श्रीलंकाका दुई ठुला केबल अपरेटर्सले विवादास्पद भारतिय इस्लामिक उपदेशक जाकिर नाइकको पिस टीभीको प्रसारण आफनो नेटवर्कबाट हटाएका छन् । यसमा डायलग र एसएलटी नेटवर्क हुन् । यसको आधिारिक घोषणा हुन बाँकी रहेको श्रीलकाली सन्चार माध्यमहरुले जनाएका छन् ।

भारत र मलेसियामा यसअघि नै उक्त च्यानलमाथि प्रतिबन्ध लगाइसकेको छ । उक्त विवादास्पद च्यानको प्रयोग युवाहरुलाई दिग्भ्रमित पार्न र इस्लामिक स्टेटमा आवद्ध हुनका लागि प्ररित गरिने जनाइएको छ ।