शंकरदेब र जेभियर उपाधि नजिक

0
Shares

काठमाडौं, (नेस)
शंकरदेब र जेभियर कलेज खुला राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् ।

बुधवार प्राईम कलेजको कोर्टमा भएको पहिलो सेमिफाईनल खेलमा शंकरदेबले गोल्डेनगेट कलेजलाई ६२–५५ को स्कोरमा हराउदै उपाधि नजिक पुगेको छ । शंकरदेबको जितमा उत्कृष्ट प्रदर्शन गरेका सौरभ श्रेष्ठले सर्वाधिक ३९ स्कोर गरेका थिए । मध्यान्तरको समयमा ४ अंकले पछि परेको शंकरदेब क्याम्पसले उत्कृष्ट पुनरागमन गदै फाईनलको यात्रा तय गरेको थियो ।

शंकरदेव पहिलो र दोश्रो क्वाटरमा १४–१६ र १९–२१ ले पछि परे पनि तेश्रो र चौथो क्वाटरमा १८–११ र ११–७ को अग्रता लिएको थियो । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजना तथा अमृत साईन्स क्याम्पस स्वबियुको ब्यवस्थापनमा संचालनभएको प्रतियोगिताको दोश्रो सेमिफाईनलमा जेभियरले टाईम्स कलेजलाई ६२–५७ को स्कोरमा हरायो ।