दिल्लीबाट काठमाडौँ आउँदै गरेको बसमा आगलागी


नवलपरासी ।
पूर्व–पश्चिम नवलपरासीको सिमाना दाउन्ने बजारमा बुधवार साँझ बसमा आगलागी भएको छ । भारतको दिल्लीबाट काठमाडौं आउँदै गरेको युपी ६५ जि टी ००१ नम्बरको बसमा आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार इन्जिन तातेर एक्कासी आगलागी भएको थियो तर करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

आगलागीबाट बस जलेर पूर्ण नष्ट भएको छ तर मानवीय क्षति भने भएको छैन ।