प्रथम मुख्यमन्त्री रनिङशिल्ड प्रतियोगिता शुरु


पाल्पा ।
पाल्पा जिल्ला सदरमुकाम तानसेनमा प्रथम मुख्यमन्त्री रनिङ्ग शिल्ड प्रतियोगीता अन्र्तगत जिल्ला स्तरीय छनोट खेलकुद प्रतियोगिताा सुरु भएको छ ।

प्रतियोगिताको प्रमुख अतिथि प्रदेश सांसद नारायण आचार्यले खेलकुदले जीवनका हरेक गतिबिधिलाई सवल र शसक्त बनाउदै लैजाने बताउदै खेलकुदलाई अपन्तत्व लिनु पर्नेमा जोड दिदै सबै बिधाका खेलको स्तर बढाउन सम्पुर्णको भुमिका महत्वपुर्ण हुने बताउदै खेल बिकासमा सक्दो सहयोग रहने वताउनुभयो ।

कार्यक्रममा बिशिष्ट अतिथी प्रदेश सांसद बीर बहादुर रानाले खेलकुदको बिकासमा सदैब सहयोग गर्ने बताउदै खेलक्षेत्रको सफलताको सुभकामना व्यक्त गर्नुभयो ।

प्रदेश सांसद रमा घर्तिले हरेक खेल समाजको अभिन्न अगं बनाउदै लैजादै अन्तराष्ट्रिय रुपमा प्रतिस्पर्धामा जान सक्ने बनाउनु मुख्य भमिका हुनु पर्नेमा जोड दिनुभयो ।

जिल्ला स्तरीय छनोट प्रतियोगीतामा १० बटा स्थानिय तहका भलिबल महिला पुरुष तेक्वान्डो, डब्लुटिएफ, एथलेटिक्स ( महिला पुरुष ) दौड प्रतियोगीता अन्र्तग १५०० मि, महिला र ५००० मिटर पुरुष सटपुट ,व्याडमिन्टन महिला पुरुष र बुद्धिचाल खेल बिधामा गरी २०० बढी खेलाडीहरु छनोटका लागी प्रतिस्पधा गर्ने अध्यक्ष करुणा काफ्लेले बताए ।

छनोट भएका खेलाडीहरु २३ गते देखी हुने प्रदेश स्तरीय प्रतियोगीताकालागी सहभागीहुने कार्यालय प्रमुख तारा बहादुर थापाले बताए । भलिबल तर्फको पहिलो खेलमा रम्भा गाउँ पालिकाले बगनासकाली गाउँ पालिकालाई १ २ सेटमा पराजित गदै दोश्रो चरणमा प्रबेश गरेको छ ।
कार्यक्रम खेलकुद बिकास समितीका उपाध्यक्ष दिपक घिमिरेको स्वागत मन्तव्य, खेलकुद बिकास समितीका सदस्य दयाराज न्यौपानेका संचालन र खेलकुद बिकास समितीका अध्यक्ष करुणा काफ्लेको अध्यक्षतामा भएको थियो ।