ट्रेड युनियन कांग्रेसले मनायो बाजुरामा मजदूर दिवस


बाजुरा ।
“दीगो विकासमा मर्यादित रोजगारी शुदृढ लोकतन्त्र र समृद्धी हाम्रो जिम्मेवारी ” भन्ने नाराका साथ १३० औं अनतराष्ट्रिय मजदुर दिवस बाजुरामा पनि एक कार्यक्रमको आयोजना गरी मनाइर्एको छ । बिश्वका मजदुरको आज उल्लासमय दिनको रुपमा लिईने मज्दुर दिवसको रनौक बाजुरामा भने खासै देखिएन ।

खास मज्दुर जो गिट्टी कुटेर जीवन चलाउका छन् उनलाई मज्दुर दिवस भनेकै केहो ? थाह छैन । यद्येपी कांग्रेस निकट शुभेच्छुक संस्था नेपाल टे«डयुनियन बाजुराले भने आज सदरमुकाम मार्तडीमा एक विचार गोष्ठिको आयोजना गरी मनाएको छ ।

कार्यक्रमका बक्ताले श्राम शक्ती ने राष्टको शक्ती भएको कुरा औल्याउदै कामको आधारमा श्रमिकले उचित ज्याला पाउनु पर्ने धारणा राखेका थिए ।

नेपाली कांग्रेस महासमिति सदस्य जुना दानीले आइ एल ओको नियम विश्वका मज्दुरमा लागुहुनु पर्ने कुरामा जोड दिदै श्रमिक घरवाहिर मात्र नभई घर भित्र पनि हुन्छन् तिनको पनि उचित सम्मान गर्नु पर्ने ,घर्यासीकाममा महिला बढि हुने हुदा समान कामको समान ज्याला हुनुपर्ने कुरामा जोड दिनु भएको छ । नेपाली कांग्रेस संगठन विभाग प्रमुख धनराज पण्तिले सर्बहारावर्गको सरकार भनेर देशमा कम्युनिष्ट सरकार छ । तर, श्रमिक मंहगीको मारमा छन् ।

सर्वसाधरण करको भार थेग्नै नसक्ने अवस्थामा छन् देशमा बलात्कार , सुनकान्ड, वाईडवोडी काण्ड ,बालुवाटर जमिन खरिद काण्ड लगायतका दजर्नौ काण्ड लागेको वर्तमान सरकार भ्रष्टाचार उन्मुख सरकार भएको आरोप लगाउनु भएको छ । नेविसंघ जिज्ला अध्यक्ष जनक थापाले देशमा मौलाउदै गएको शिक्षामा व्यापारिकरण रोक्नु पर्ने , सामुदायकि शिक्षा क्षेत्रमा कामगर्ने कर्मचारीलाई अन्य सरकारी कर्मचारीको सरह सेवासुविधा दिनु पर्ने , सामुदासयक विद्यालयले लिएको सुल्क हटाउनु पर्ने धाराण राख्नु भएको थियो । कर्मचारीलाई संगठीत हुनपाउने अधिकार कटौती गर्न लागेको प्रति सबै कर्मचारी चनाखो हुुनु पर्नेमा बक्ताको जोड थियो ।

ट्रेडयुनियन कांग्रेस जिल्ला अध्यक्ष चक्रथापाको अधयक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विशेषगरी राणाशासन कालमा विराटनगर जुटमिलवाट नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आनदोलन ले नेपाली कांगू्रेस जहिलेपनि मज्ुदर किषनका पक्षमा हुने धारणा राखेका थिए ।

कार्यक्रममा जिल्ला समन्वयसमिति उपसंयोजक सुनिता मिजार नेपाल प्रेस यनियन केन्द्रीय सदस्य दयाराम पण्डित, दलित संघ केन्द्रीय सदस्य बिरबहादुर विक टे«डयुनियन कांग्रेस प्रदेस सल्लाहकार मिनवहादुर धामी , डेमोक्रयाटिक लवयर्स यसोसियसनका अध्यक्ष हर्क खडायत , लगायतको उपस्थित थियो । कार्यक्रमको सञ्चालन टे«डयुनियन कांग्रेस जिलला सचिव मथुराराज पण्डितले गर्नुभएको थियो ।