असमान ज्यालाविरुद्ध पर्साका महिला आन्दोलित


कृष्णउदास खनाल, वीरगन्ज ।
विश्वभर बुधबार श्रमिक दिवस मनाइरहादा पर्सामा भने ज्याला समान नभएको भन्दै महिलाहरु सडकमा उत्रिएका छन् ।
जिल्लाको पटेर्वासुगौलीका महिलाहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले ज्याला निर्धारण समिति गठन गर्न माग गर्दै ज्ञापन समेत बुझाएका छन् ।

पटेर्वासुगौलीका महिलाले ज्यालामा विद्यमान असमानता लगायत विभिन्न माग सहितको ज्ञापनपत्र गाउँपालिकामा बुझाएका छन् । भूमि अधिकार मञ्च, महिला अधिकार मञ्च र महिला कृषक समूह पटेर्वासुगौलीमा आवद्ध महिलाले ९ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएका हुन् ।

हरेक वडामा ज्याला निर्धारण समिति सहितको संयन्त्र खडा गर्नुपर्ने माग उनीहरुले राखेका छन् । दिव्य युवा क्लबका प्रमुख रामाकान्त पटेल पटेर्वा सुगौलीमा झण्डै एक साता श्रमिक महिलाहरुसँग छलफल गरेर ज्ञापनपत्र तयार पारिएको बताउनुभयो । ज्ञापनपत्र बुझ्दै उप प्रमुख महतोले ज्ञापनपत्रमा उठाएका सवालहरुमा बोर्डमा छलफल गरेर अगाडि बढ्ने आश्वासन दिनुभयो । श्रमिक दिवसकै अवसर पारेर पटेर्वासुगौलीमा समान कामको समान ज्याला पाउनुपर्ने माग सहित अभियान शुरु गरिएको छ ।

भूमि अधिकार मञ्च, महिला अधिकार मञ्च र महिला कृषक समूह पटेर्वासुगौलीको आयोजनार्मा याली निकालिएको हो । महिलाको श्रमको सम्मान गराउने उद्देश्यले शुरु गरिएको अभियानको पहिलो दिन पटेर्वा सुगौली गाउँपालिका वडा नं ४ मा महिलाले ज्यावल सहितर्को याली निकालेका हुन् र्यालीमा सहभागी महिलाले हसिँया, खुर्पी लगायत मजदुरीमा प्रयोग गरिने आजार बोक्नुको साथै विभिन्न सचेतनामुलक नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

पर्साको खेती किसानीका सवालमा महिलाहरुलाई पुरुषको तुलनामा ज्यादै कम ज्याला दिने गरेको पाइएको महिला अधिकारकर्मी कोपिला साहले जानकारी दिनुभयो ।