जंगली जनावरको कारण स्थानीय त्रसित


सर्लाही ।
सर्लाहीमा जंगली जनावरको कारण स्थानीय बासिन्दा त्रसित भएका छन् । मंगलबार बरहथवा नगरपालिका ११ दियर टोलमा उखु बारीबाट निस्केको जंगली बदेलले आक्रमण गर्दा ५० वर्षका मदन पासवान गम्भीर घाइते भएका छन ।

बदेलको आक्रमणबाट उनको शरीरको विभिन्न ठाउमा चोट लागेको छ ।गम्भीर घाईते भएका पासवानलाई थप उपचारको लागि भारतको सितामाढी लगिएको प्रहरीले जनाएको छ । वन जंगल विनाश हुँदै गएपछि जंगली जनावर सुरक्षितबाँस स्थान र आहारको खोजीमा खेत बारीमा पुग्ने गरेका छ ।उत्तरी जंगलमा मानव बस्ती बढदै गएपछि ती जंगली जनावरहरु दक्षिणी गाउँ तिर भागेर जाने गरेका छन ।

अहिले हरिन, निलगाई बदेल ,जस्ता जंगली जनावरहरु आहार सुरक्षित बाँस स्थानको खोजीमा भौंतारीदै खेत बारीमा पुग्ने गरेका छन ।यसरी बाँस स्थानको खोजीमा हिडेका जंगली जनावर र मानव बिच पछिल्लो समयमा निकै द्वन्द्व बढने गरेको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवले बताउनुभयो।

सुरक्षित बाँस स्थान र बच्चा उत्पादन गर्न हिडेका जंगली जनावर अत्यन्तै आक्रमक हुने भएकाले त्यस्ता जनावलाई लखेट्न , चलाउन, मार्न खोजे ती जनावरले ज्यानै लिने उहाले बताउनुभयो।केही दिन अघि सर्लाहीको चक्रघट्टमा जंगली बलेलकआक्रमणबाट आठ जना गम्भीर घाइते भएका थिए। अहिले खेत बारीमा जंगली बँदेल निलगाई हरिन जताततै भौतारीरहेका छन ।