सल्यानकाे बसपार्कमा हुलाक सेवा शुरु


सरिता चलाउने, सल्यान ।
जिल्ला हुलाक कार्यालय सल्यानले बसपार्क बाट पनि सेवा दिन थालेको छ । हुलाक कार्यालय सल्यानले जिल्लाको सदरमुकाम खलंकामा रहेको पुरानो बसपार्कबाट पनि आफ्नो साधारण खालको सेवा दिन सुरु गरेको हो ।

बसपार्कमा सबै सेवाग्राहीलाई सहज गराउने उदेश्यले सामान्य खालको सेवा दिन सुरु गरेको कार्यलयले जनाएको छ । जसमा साधारण चिठीपत्र पठाउ, खुद्रा पैसा साट्न, र टिकट बिक्री गर्न सकिने जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारीले बताउनु भयो ।

उहाँका अनुसार बसपार्कमा रहेको प्रतिक्षालयमा एकजना कर्मचारी सहित चिठीपत्र राखिने सानो पेटीका राखिर सेवा दिईने छ । सेवा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म हुने उनले बताउनु भयो । त्यहाँ संकलन भएका सबै चिठीपत्र २ बजेपछि हुलाक कार्यालयमा लगेर व्यवस्थापन गरिने उहाँले बताउनु भयो ।

कार्यालयले यसरी सेवाग्राहीलाई मध्यनजर गर्दे सेवा सुरु गरेकोमा स्थानीय पनि खुशी भएका छन् । यस कार्यबाट हुलाकबाट पाइने टिकटहरू बजारमा खुद्रा पसलमा महंगो मुल्य तिरेर किन्नु पर्ने बाध्यता हटेको सेवाग्राहीहरू बताउँछन् । कार्यालयको यस्तो सेवा प्रभावकारी भएको स्थानीय व्यापारी रुपा विकले बताउनु भयो ।

अब सामान्य कामका लागि पनि कार्यालय जानुपर्ने समस्या टरेको बताउँदै उहाँले व्यापारीले पनि टिकटमा खाने कमिसनको अब अन्त्य हुने हुँदा खुशी व्यक्त गर्नभयो । प्रतिक्षालयमा कर्मचारीलाई बस्न सक्ने खालको व्यवस्था मिलाउने शारदा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष केशव सिंह श्रेष्ठले बताउनु यो । उहाँले त्यसको लागी सामान्य टेबुल र कुर्सि वडाको तर्फबाट राखिदिने प्रतिवद्धता जनाउनु भयो ।