मुटु रोगी बढेपछि एक हजारले लिए नि:शुल्क स्वास्थ्य शिविर


सरिता चलाउने, सल्यान ।
सल्यानमा मुटु रोगीका बिरामी बढदै गएपछि निशुल्क मुटु स्वास्थ्य शिबिर संचालन गरिएको छ । पछिल्लो समय जिल्लामा मुटु रोगीका बिरामी बढदै गएपछि निशुल्क स्वास्थ शिबिरको आयोजना गरिएको हो । जिल्लामा मुटुरोगीका बिरामी बढे सँगै नागरीकको आबश्यकता अनुसार निशुल्क मुट स्वास्थ्य शिबिर संचालन गरेर मुटु परिक्षण गराएको सल्यान उत्थानका सल्लाहकार नेत्रलाल श्रेष्ठले बताउनु भएको छ ।
जिल्ला अस्पतालमा आयोजना गरिएको एक दिने निःशुल्क मुटुरोग परीक्षण शिविरमा एक हजार दुई सय विरामीले उपचार पाएका छन । शिविरमा इसिजी, इको, रक्त परीक्षण, निःशुल्क औषधिलगायत सेवा प्रदान गरिएको थियो ।

शिविरमार्फत लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित तथा विपन्न विरामीले उपचार पाएका छन । आर्थिक अवस्था कमजोर भएका कारण उपचार सेवाबाट बञ्चित भएका विरामीलाई लक्षित गरी शिविर आयोजना गरिएको परिषदले जनाएको छ । परिषदका अध्यक्ष एवं पूर्व सांसद नेत्रलाल श्रेष्ठका अनुसार शिविरबाट रेफर भएका विरामीलाई गंगालाल हृदयरोग केन्द्रमा निःशुल्क उपचार तथा शल्यक्रिया गरिनेछ ।

शिविरमा केन्द्र प्रमुख डा.रवी मल्ल लगायत २३ जना स्वास्थ्यकर्मीको टोलीले उपचार गरेको थियो । अस्पताल प्रमुख डा. मल्लले शिविरमा सबैभन्दा बढी मुटुका विरामीको उपचार गरिएको बताउनु भयो । सात सय बिरामी जाँच गर्दा एक बालकमा मुटुमा प्वाल परेको र एकमा मुटुमा गम्भीर समस्या भएको भेटिएको उहाँले जनाए ।

शिविरमा लोमस फर्मास्युटिकलले निःशुल्क औषधि वितरण गरेको थियो ।
सेवा लिएका बिधार्थिको अप्रेशन गर्नुपरेमा निशुल्क अप्रेसन गर्नुका साथै महिनामा १ हजार रुपैया पनि प्रदान गरिने ल्यान उत्थानका सल्लाहकार नेत्रलाल श्रेष्ठले बताउनु भयो । सामान्य खालका बिरामीलाई पनि निशुल्क औषधी बितरण गरिएको उहाँले बताउनु भयो ।
शिबिरमा अहिले सम्म धेरै बिरामी मुटु रोग, जन्मजातै मुटु रोग, प्रेसर र सुगरको बिरामी भेटिएको शिबरिमा खटिएका मुटु रोग बरिष्ठ बिशेषज्ञ डाक्टर रबिन मल्लले जानकारी दिनुभयो ।