मध्यरातमा समातियो ७१ किलो गाँजा


हेटौंडा ।
प्रदेश–३ प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवनकुमार झाको कमाण्डमा मंगलबार राति करिब १ बजे खटिएको संयुक्त टोलीले ७१ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

हेटौंडा–३, लेवटस्थित सडकखण्डमा चेक गर्ने क्रममा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना. ५ ख ८१६४ नम्बर मालबाहक ट्रकचालक रौतहटको चन्द्रपुर–८ बस्ने वर्ष २७ का कर्णबहादुर हमाल र गाँजाधनी साबिक रौतहट पिपरा भगवानपुर गाविस–१ (हाल रौतहटको चन्द्रपुर–८) बस्ने वर्ष २६ का गौरीशंकर यादबलाई पक्राउ गरिएको हो ।

ट्रकको अगाडिको केबिनको सिटमुनि लुकाइराखेको अबस्थामा ५ वटा पोकामा रहेको ७१ किलो गाँजा र गाँजाधनी यादबका साथबाट नगद ३० हजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । गाँजा, अभियुक्त, नगद र ट्रक नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले पत्रकार सम्मेलन गरी जनाएको हो ।